aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

निषेधाज्ञा नियम नमान्नेको सेवा बन्द गर्न सक्ने, कुन कुन सेवा सञ्चालन गर्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ जेठ २०७८
निषेधाज्ञा नियम नमान्नेको सेवा बन्द गर्न सक्ने, कुन कुन सेवा सञ्चालन गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको १० दिन थप गर्ने निर्णय गरिएको छ । निषेधाज्ञा थप गर्दै नियमहरु पनि कडा बनाएको छ भने नियम नमान्नेको पसल, सवारी साधान र सेवा बन्द गर्न सक्ने चेतावनी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले दिएका छन् । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अब जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भएको छ । 

वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।  अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । 

त्यस्तै, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, नाचघर, क्लव, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने स्थानहरु बन्द रहनेछन् । 

. विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने विवाहको जमघट गर्न पाइने छ । विवाह वा ब्रतबन्धको हकमा १ वटा सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी ब्यानरका आधारमा ) आवतजावत गर्न पाउने पाइने छ । 

शैक्षिक संस्था, कृषि, उद्योग तथा निर्माण कार्यको हकमा शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) संचालन गर्न गराउन साथै शैक्षिक परीक्षाहरु संचालन गर्न गराउन पाइने छैन । बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनैतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रकृयामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने जनाइएको छ ।

त्यस्तै, नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कुटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न सक्ने र सो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने जनाइएको छ । 

 अत्यावश्यक उद्योग संचालन तथा निर्माण कार्यका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गरी  कार्यस्थलमा नै श्रमिक कामदारको आवासीय व्यवस्था गरी संचालन गर्ने जिल्ल प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

 ट्रान्सपोर्ट कम्पनीको हकमा औषधी तथा स्वास्थ्य उपकरण, अक्सिजन सिलिण्डर, अस्पतालको बेड, कृषि मल, बीउ तथा खाद्यान्न सामग्री मात्र ढुवानी गर्दा स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने पाइने छ । नेपाल सरकारबाट जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कृषि कार्य गर्न सकिने छ । अत्यावश्यक कार्यमा सवारी आवागमनका लागि जिल्ला प्रशासन कार्यालयबाट हुने सहजीकरण  मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु  संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्ने पर्ने छ । 

त्यस्तै, सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्युटी आवत जावत गर्न पाउने छ । सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा  सार्वजनिक एवं निजी सवारी साधन मिति २०७८/०२/२१ गते बिहान १ः०० बजे देखि २०७८/०२/३१ गते राति १२ः०० बजे सम्म काठमाडौं जिल्लाभर संचालनमा रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालयबाट जारी भएको सूचनामा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरूवा (२ जना) बोकेका एम्वुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाएको छ ।

  अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधी, अक्सिजन सिलिण्डर), दूरसंचार, इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानी तथा यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी संचालन गर्न पाउने छ । 

तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने मास्क÷सावुन÷स्यानिटाइजर र प्रिन्ट तथा सरकारी छापाखाना लगायतका ढुवानी तथा सो को यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०९ः०० बजे देखि बिहान ०९ः०० बजे सम्म न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न पाउने छ । 

त्यस्तै, निर्माण सामग्री ढुवानीका लागि सो को सवारी साधन राति ०९ः०० बजे देखि बिहान ०४ः०० बजे सम्म संचालन गर्न पाउने छ ।  भन्सार विन्दुबाट भ्हष्त ल्यतभ जारी भएका मालवाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले मालसामान छुटाउन भनी आउन जारी रुट खुलाई अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थानसम्म आवतजावत गर्न दिने छ ।

 अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह हाललाई स्थगन गर्ने भनिएको छ । जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, माननीय न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवको हकमा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

  सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु, इन्टरनेट सेवा प्रदायक संस्था र दूरसंचार प्रदाय संस्थाका सवारी साधनको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने भनेको छ  ।

 काठमाडौ जिल्लामा बाणिज्य बैंकको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय, विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय, वित्त कम्पनीको हकमा केन्द्रीय कार्यालय र १ वटा शाखा कार्यालय, बीमा समिति तथा बीमा कम्पनीको हकमा कर्पोरेट कार्यालय र धितो पत्र बोर्ड मात्र खुल्ने गरी आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाई सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने बुझाउने र  यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने छ । 

अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्ने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जानका लागि सवारी साधनको सहजीकरण गर्ने छ ।  अत्यावश्यक खाद्य सामग्री तथा अन्यको हकमा तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर  (ग्रोसरी मात्र) बिहान ०९ः०० बजेसम्म मात्र खुला हुनेछन् । 

तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नदिने बताइएको छ । स्थानीय ढुवानीका हकमा राति ०९ः०० बजे देखि विहान ०९ः०० बजे सम्म मात्र गर्ने । तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र), सवारी साधन मर्मतका लागि वर्कशपहरुले सामग्री किनबेच गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने छ ।

 यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल बन्द गर्न समेत सकिने समेत सूचनामा उल्लेख छ । त्यस्तै, सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ०९ः०० बजे देखि बिहान ०९ः०० बजे सम्म संचालन गर्ने। घ. तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल÷बाटोमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न रोक लगाइएको  छ । 

 औषधी तथा स्वास्थ्य सामाग्री सम्वन्धी पसल जुनसुकै समय निर्वाध रुपमा संचालन गर्न पाइने छ । पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने हुनेछ । सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका संचारकर्मी÷कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने छ ।

 निलो प्लेटका सवारी साधनको हकमा परिचयपत्र बाहक पदाधिकारी तथा कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने छ ।  प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी तथा औषधी आपूर्ति गर्ने परिचय बाहक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्तिकर्ताको अनुमति पत्र भए सवारी पास नचाहिने जनाएको छ । फुटपाथ तथा खुल्ला ठाउँमा संचालन हुने बिभिन्न व्यापार व्यवसाय संचालन एवं कवाडी संकलन गर्न रोक लगाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस