aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

हल्ला मात्रै हो, नेपालमा नयाँ भेरियन्ट भेटिएको छैन

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २१ जेठ २०७८
हल्ला मात्रै हो, नेपालमा नयाँ भेरियन्ट भेटिएको छैन

काठमाडौं । सरकारले नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बेलायती मिडियामा आएको भनिएजस्तो कोरोनाको नयाँ भेरिएन्ट हालसम्म देखा नपरेको जानकारी दिए ।

बेलायतको डेलीमेलले कुनै स्रोत उल्लेख नगरी नेपालमा भेरिएन्ट भेटिएको भन्दै समाचार दिएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको हो । नेपाल भेरिएन्टबारे कुनै जानकारी भए सूचित गर्न बेलायतको अन्तर्राष्ट्रिय  स्वास्थ्य हेर्ने निकायसँग माग गर्दै पत्र पठाइएको र उताबाट त्यसको जवाफ नआएको डा। पौडेलले जानकारी दिए ।       

प्रतिक्रिया दिनुहोस