aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

मुकेश अम्बानीले कोरोना महामारीको कारण एक वर्षको तलब लिएनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ जेठ २०७८
मुकेश अम्बानीले कोरोना महामारीको कारण एक वर्षको तलब लिएनन्

एजेन्सी। भारतका धनाढ्य व्यापारी तथा एसियाका सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानीले आर्थिक वर्ष २०२०/०२१ मा तलब लिएनन्। उनले कोरोना महामारीले हजारौँको ज्यान गएको र सङ्कट उत्पन्न भएको भन्दै आफूले पाउने तलब नलिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। 

कम्पनीले बुधवार जारी आफ्नो वार्षिक रिपोर्टमा भनेको छ कि कोरोना सङ्कटको कारण मुकेश अम्बानीले कुनै तलब लिएनन्। सेयरधनिलाई पठाएको पत्रमा मुकेश अम्बानीले भनेका छन् कि कोभिड महामारीले धेरैको जीवन बर्बाद गर्‍यो र यसले देशको अर्थतन्त्रलाई पनि असर गरेको छ।

देशमा कोभिड-१९ महामारीको परिमाणलाई विचार गर्दै रिलायन्स इंडस्ट्रीज (आरआईएल) का अध्यक्ष मुकेश अम्बानीले यो वर्ष तलब नलिए पनि उनको सम्पत्ति भने लगातार बढिरहेको छ। विगत धेरै वर्षदेखि मुकेशले वार्षिक १५ करोड भारु तलब लिइरहेका थिए। पछिल्लो धेरै वर्षदेखि उसको तलबमा कुनै परिवर्तन आएको छैन।

रिलायन्सको सेयरको मूल्यमा भएको वृद्धिका कारण गत एक हप्तामा मुकेश अम्बानीको कुल सम्पत्ति ८.२ अर्ब डलर (लगभग ५२,६२१ करोड भारु) ले बढेको छ।  

सो कम्पनीका कार्यकारी निर्देशक निखिल आर. मेसवानीले कूल २४ करोडको वार्षिक प्याकेज लिएका छन् भने अर्का निर्देशक हितल आर. मेसवानीले पनि२४  करोडको वार्षिक प्याकेज प्राप्त गरेका छन्।

कम्पनीका निर्देशक पीएमएस प्रसादले १२ करोड तलब पाएका छन् भने पवन कुमार कपिलले  ४.२४  करोड तलब पाएका छन्। दुवै निर्देशकहरूले कमिसनको रूपमा १७.२८ करोड रुपैयाँ पनि प्राप्त गरेका छन् जुन उनीहरूको तलबको ठुलो हिस्सा हो।

आरआईएलको वार्षिक रिपोर्टमा सो कम्पनीको तलब नीति अनुसार उपलब्धिहरूको समीक्षा र प्रदर्शनको आधारमा पुरस्कृत गर्ने कुरा जनाइएको छ। 

रिलायन्सको सेयरमा आएको उछालको कारण मुकेशको सम्पत्ति निरन्तर बढ्दै गइरहेको छ। उनी विश्वको धनी मानिसहरूको श्रेणीमा एक स्थान उक्लिएर १२ औँ स्थानमा पुगेका छन्। पछिल्लो एक हप्तामा उसको सम्पत्ति लगभग ८.२ अर्ब डलरले बढ्दा ८४.२ अर्ब डलर पुगेको छ।

प्रतिक्रिया दिनुहोस