aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल टर्मिनल कक्षबाट  सीधै  जहाजभित्र प्रवेश गर्न मिल्ने बन्ने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २१ जेठ २०७८
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल टर्मिनल कक्षबाट  सीधै  जहाजभित्र प्रवेश गर्न मिल्ने बन्ने

काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ । यानसेतु अर्थात्  एरोब्रिज  भनेको  टर्मिनल  भवनको  प्रस्थान  कक्षबाट  सीधै  जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको एक किसिमको यान्त्रिक आकाशे पुल हो । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको नयाँ  बन्ने  टर्मिनल  भवन  छ वटा  यानसेतु  रहने  गरी  डिजाइन  भएको  छ ।

डिजाइनको काम भारतीय परामर्शदाताले गरिरहेको छ । आर्थिक  वर्ष  २०७८र७९  को  बजेटमा  नयाँ  टर्मिनल  भवनका  लागि सरकारले  पर्याप्त  बजेट  विनियोजन  गरेपछि  दोस्रो  टर्मिनल  भवनका  लागि बोलपत्र  आह्वानको  तयारी  अगाडि  बढाइएको  छ ।

सरकारले  बजेटमा गौतमबुद्ध विमानस्थलका लागि तीन अर्ब ५४ करोड रुपियाँ विनियोजन गरेको छ । विमानस्थलका  लागि  पर्याप्त  बजेट  छुट्टिएकाले  अब  छिट्टै  बोलपत्र आह्वान गरिने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।  

प्रतिक्रिया दिनुहोस