aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भियतनामले सिनोफार्मको खोपलाई अनुमति दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ जेठ २०७८
भियतनामले सिनोफार्मको खोपलाई अनुमति दियो

हनोई । भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । 

भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति दिएका हुन् । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ । 

गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । यो सहित भियतनाममा छ हजार ५७७ जना संक्रमित भएका छन् ।  

सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो । यसैबीच, चीनमा बुधबारसम्म ७० करोड ४८ लाख डोज खोप लगाइएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस