aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सरकारले जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ जेठ २०७८
सरकारले जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको बताएका छन् । शुक्रबार मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने बैठकले निर्णय गरेको जानकारी दिएका हुन् । 

जर्मनीको राजधानी वर्लिन सरेपछि लामो समयदेखि बोनमा रहेको घरजग्गा अलपत्र परेको थियो। उक्त ठाउँमा रहेको ५.६१ रोपनी जग्गा र घर बिक्री गर्ने सरकारले निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीको वोनस्थित घर जग्गा बिक्री गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए। 

त्यस्तै, बैठकले मेलम्ची खानेपानी वितरण गर्दा भएको चुहावट टाल्नका  लागि १३ करोड रुपैयाँ निकासा गर्ने निर्णय पनि गरेको छ भने नेपालको स्वास्थ्य क्षेत्र सुधार आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतको ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस