aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चीनको अफ्रिका मोह, १६ वटा परियोजनाका लागि तीन अर्ब २० करोड डलर ऋण स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
चीनको अफ्रिका मोह, १६ वटा परियोजनाका लागि तीन अर्ब २० करोड डलर ऋण स्वीकृत

 बेइजिङ । चिनियाँ विकास बैंक (सीडीबी) ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ ।     
     
सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ (काइबा)सँग आबद्ध १० वटा सदस्य बैंक रहेका छन् । यी बैंक मार्फत अफ्रिकामा पूर्वाधार, साना तथा मझौला उद्यम र अन्य क्षेत्रका १६ वटा परियोजनाका लागि एक अर्ब ८० करोड डलरका कार्यक्रम स्वीकृत गरिएको छ ।     
     
सीडीबीको अग्रसरतामा सन् २०१८ को सेप्टेम्बरमा काइबा स्थापना गरिएको थियो । काइबामा सीडीबी र १६ वटा अफ्रिकी वित्तीय संस्थाहरु सदस्य रहेका छन् । रासस/सिन्ह्वा     
 

प्रतिक्रिया दिनुहोस