aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्रीमा पुन नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ जेठ २०७८
विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्रीमा पुन नियुक्त

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  आमनागरिकलाई कोभिड-१९  विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए ।  उनले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने बताए ।  

पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गरेका छन । जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ रहेको छ ।   

प्रतिक्रिया दिनुहोस