aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

परराष्ट्र मन्त्रीको सवा तीन वर्षको कमाइ कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ जेठ २०७८
परराष्ट्र मन्त्रीको सवा तीन वर्षको कमाइ कति ?

काठमाडौं । शुक्रबार कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्दै केहि पुराना मन्त्रीलाई निकालेका छन् । मन्त्रीपरिषदबाट बाहिरीएका परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले आफूले मन्त्रीपदमा रहदा कमाएको कमाइ सार्वजनिक गरेका छन् । 

उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको विवरण अनुसार विदेश भ्रमण बापत लेभी ३लाख १४ हजार ९३० रुपैयाँ र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरि जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ पार्टीको खातामा जम्मा गरेको  बताएका छन् । 

पारश्रमिकको कर कट्टी बापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ सरकारी खातामा जम्मा गरेको बताएका छन् । त्यस्तै, हाल उनको खातामा भने ७ लाख ४१ हजार ७७५ रुपैयाँ मात्र बचत रहेको उल्लेख गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा आफूमन्त्री रहदासम्म सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । 

यसअघि मन्त्री बनेका ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, पद्यमा कुमारी अर्याल, पार्वत गुरुङ, शिवमाया तुम्वाहाम्फे, गणेशसिंह ठगुन्ना, प्रेम आले, जुली महतोसहित नौ र राज्यमन्त्री भएका तीन गरी नवराज रावत, रामवीर मानन्धर, विमला विक बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस