aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

श्रम स्वीकृति दिने दिन तोकियो, हप्ताको एक दिन मात्र श्रमस्वीकृति

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २२ जेठ २०७८
श्रम स्वीकृति दिने दिन तोकियो, हप्ताको एक दिन मात्र श्रमस्वीकृति

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको  छ । कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक  दिनका  लागि  सबै  प्रकारका  श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । कोरोनाको   जोखिमका बाबजुद पनि  सेवाग्राहीको  समस्यालाई  ध्यानमा राखेर   हप्ताको एक दिन बुधबार कार्यालयबाटै सेवा दिनेगरी तयारी भएको सो कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथाम गर्ने  भन्दै गएको वैशाख २४ गतेदेखि कार्यालयले भौतिक रूपमा उपस्थित भएर  लिनुपर्ने  सेवाहरू  बन्द गरेको थियो ।

यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति  लिने व्यवस्था  गरिएको थियो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घले  हप्ताको  एक दिन श्रम स्वीकृति  दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस