aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

हुँदै नभएको मूर्ति १८ हजार डलरमा बिक्यो !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ जेठ २०७८
हुँदै नभएको मूर्ति १८ हजार डलरमा बिक्यो !

एजेन्सी। इटालियन कलाकार साल्भाडोर गा राउले १५ हजार युरो अर्थात् १८ हजार २०० डलरमा एउटा "अदृश्य" मूर्तिकला बिक्री गरेका छन् । एस डटकमका अनुसार सो  मूर्तिकलाको शुरुवाती मूल्य ६ हजार देखि ९ हजार युरो बीच तय गरिएको थियो। तर, सो खरिद गर्ने इच्छा सहित  धेरै बोलपत्रहरू परेपछि त्यसको मूल्य बढाइयो। 

'लो सोलो' अर्थात् इटालियन भाषामा 'म छु' शीर्षक सो मूर्तिकला ६७ वर्षीय कलाकारको मूर्तिकला हो जुन अभौतिक छ। यसको मतलव यो हो कि वास्तवमा यो मूर्तिकला अस्तित्वमा नै अवस्थित छैन।

हो, कुनै ग्राहकले १८ हजार डलर भन्दा बढी तिरेको त्यो वस्तु नै केही छैन। तर, उनले त्यो किनेको सत्य हो। कतिपयले यस्तो नभएको वस्तु समेत बिक्री गरेको भन्दै ती मुर्तिकारको निकै आलोचना गरेका छन्।  तर, मूर्तिकार गाराउ तर्क गर्छन् कि उनले त्यसमा कलाको काम नै नगरेका होइनन्, बरु त्यो कला "खाली" भने हो।

आफ्नो मूर्तिबारे बोल्दै साल्भाडोर गा राउले भनेका छन्, "शून्य शक्ति ऊर्जाले भरिएको ठाउँ बाहेक त्यहाँ अरू केही पनि छैन। यदि हामीले यसलाई खाली गर्‍यौँ भने पनि केही बाँकी रहने छैन। हेसनबर्गको अनिश्चितता सिद्धान्तका अनुसार 'नभएको वस्तुको पनि तौल हुन्छ। तसर्थ, यसमा जुन ऊर्जा छ त्यो कन्डेन्डेड छ र त्यो हामीमा समेत रहेको कणहरूमा परिणत हुन्छ।"

इटाली २४ न्यूजमा प्रकाशित समाचारका अनुसार गाराउको अनुसार सो मूर्तिकला निजी घरमा कुनै अवरोधबाट मुक्त हुनुपर्दछ, जुन ५ फिट लामो र ५ फिट  चौडाइ भएको क्षेत्रमा राख्नुपर्छ। यो मूर्ति छँदै छैन त्यसैले त्यहाँ कुनै विशेष प्रकाश वा मौसमको व्यवस्थापन आवश्यक छैन।

रिपोर्टमा जनाइए अनुसार त्यो मूर्ति खरिदकर्ताले मूर्तिको वस्तु प्रमाणीकरणको प्रमाणपत्र मात्र प्राप्त गरेका छन् जसमा गाराउको हस्ताक्षर र छाप लगाइएको छ।

गाराउले बेचेको यो पहिलो अभौतिक मूर्तिकला हो, यद्यपि उनले बनाएको पहिलो यस  प्रकारको मूर्ति भने होइन। गत महिना, गा राउले ग्यालरी डी इटालियाको प्रवेशद्वार नजिकै मिलानको पियाजा डेला स्कालामा "बुद्ध इन कन्टेम्प्लेसन" शीर्षकको अर्को अभौतिक शिल्पकला प्रदर्शन गरेका थिए। जसलाई उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो बनाएर पोस्ट गरेका छन्। भिडियोले एउटा यस्तो चिन्ह लगाएको क्षेत्र देखाउँदछ जहाँ अदृश्य "मूर्तिकला" अवस्थित छ।

"अब यो यहाँ अवस्थित छ र सधैँभरि यो अन्तरिक्षमा रहन्छ," भिडियो भन्छ। "तपाईँले यसलाई देख्नुहुन्न तर अवस्थित छ। यो हावा र आत्माबाट बनेको छ।"  कलाकारले भिडियोमा भन्छन्, "मूर्तिकला भनेको दर्शकको कल्पनालाई "सक्रिय" बनाउनु हो, जुन सबै भित्र छ।"

भन्नु पर्दैन, यो पूर्ण पागलपन हो। यो यस्तै प्रकारको विश्व हो जहाँ हामी अहिले यति धेरै पैसाले घेरिरहेका छौँ कि मानिसहरू यस्ता हुँदै नभएका बस्तु समेत किन्दै छन्। त्यसो त यस्तो अनौठो खरिददारी पनि यो पहिलो होइन। सन् २०१९ मा एक जनाले पर्खालमा टाँसेर बेच्न राखेका दुई वटा केरा एक लाख २० हजार डलरमा किनेका थिए। ती केरा पनि एउटा आधा खाइएको थियो भने अर्को सडेको थियो। 

प्रतिक्रिया दिनुहोस