aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

१३,५०० करोड ठगी गरेका भगौडा चोक्सीलाई जसरी फिर्ता ल्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ जेठ २०७८
१३,५०० करोड ठगी गरेका भगौडा चोक्सीलाई जसरी फिर्ता ल्याउने

एजेन्सी । भारतले न्याय संगत सजाय दिन फरार अपराधीलाई जसरी पनि देश फिर्ता ल्याउने प्रष्ट पारेको छ। डोमिनिकन पुलिसको हिरासतमा रहेका भगोडा मेहुल चोकसीबारे प्रश्नको उत्तर दिँदै बिहीबार विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, “म जोड दिन चाहन्छु कि भारत भगोडाहरुलाई फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ। अपराधी ले न्यायको सामना अवश्य गर्नुपर्ने छ।''

“मेहुल चोकसीको विशिष्ट केसको कुरा गर्ने हो भने उनी डोमिनिकन अधिकारीहरूको कब्जामा छन् र उनी माथि केही कानुनी कारबाही चलिरहेको छ। उनलाई भारत फिर्ता ल्याउन सकियोस् भनेर हर सम्भव प्रयास गरिरहेका छौं। विदेश मन्त्रालय का प्रवक्ता ले जवाफ दिए।

उनले भने, “यस मुद्दाका बिभिन्न भाग सम्बन्धी सोधिएका प्रश्नहरूको बिभिन्न विवरणका लागि मैले तपाईंलाई गृह मन्त्रालयमा पठाउनुपर्ने हुन्छ,” उनले थपे। चोकसी प्रत्यार्पण सम्बन्धी मुद्दाको सुनुवाईका लागि भारतको आठ सदस्यीय टोली शुक्रबार साँझ नयाँ दिल्लीबाट निजी जेटमा प्रस्थान गरेको थियो। सो टोली शनिबार दिउँसो डोमिनिकामा अवतरण गरेको थियो।

यसको पुष्टि गर्दै एन्टिगुवा र बार्बुडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले भनेका थिए कि भारतमा लाखौं डलरको बैंक घोटालामा संलग्न चोकसी सँग सम्बन्धित केही कागजातहरू लिएर डोमिनिकामा एउटा निजी जेट अवतरण भएको छ। एन्टिगुवा र बार्बुडाका प्रधानमन्त्रीका अनुसार, भारतीय अधिकारीहरू बुधवार (२ जून) मा भएको अदालतको सुनुवाईका लागि पुगेका थिए। किनकी डोमिनिका अदालतले उनको निर्वासनमा रोक लगाएको थियो।

चोकसी १३,५०० करोड पन्जाब नेश्नल बैंक (पीएनबी) धोखाधड़ी मामिलाका‌ लागि भारतका सीबीआई र प्रवर्तन निर्देशनालय द्वारा फरार अपराधीको रुपमा वान्टेड छन्। उनी मे २३ देखि टापु देशबाट हराइरहेका थिए। उनको लागि ठूलो स्तरमा खोजी अभियान चलाइएको थियो। उनलाई मे २६ मा डोमिनिका मा पक्राउ गरिएको थियो। इण्डिया न्युजनेटवर्क

प्रतिक्रिया दिनुहोस