
एजेन्सी। भारत सरकारको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले आइटी ऐन अन्तर्गत नयाँ नियमहरूको पालना नगरेकोमा ट्विटरलाई अन्तिम पत्र पठाएको छ। यसभन्दा अघि मे २६ र जुन २ मा भारत सरकारले ट्विटरलाई सोही मुद्दामा सूचना पठाएको थियो।
केही समय अघि देखि चल्दै आएको भारत सरकार र सामाजिक सञ्जाल ट्विटरबिचको द्वन्द्व यसरी उत्कर्षमा पुगेको देखिएको छ। मोदी सरकारले पठाएको प्रश्नयुक्त पत्रको जवाफ ट्विटरले पनि दिएको थियो तर त्यहाँको सरोकारवाला मन्त्रालयले सो जवाफ सन्तोषजनक नरहेको बताएको छ।
शनिवार अर्थात् जुन 5 मा ट्विटरलाई पठाइएको पत्रमा यस्तो लेखिएको छ, "इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालय निराश छ कि २६ मे र २ जूनको पत्रको मन्त्रालयलाई दिएको जवाफमा न त मन्त्रालयले खोजेको स्पष्टीकरण छ न त नियमहरू पालना गर्ने प्रतिबद्धता नै देखाएको छ।।"
पत्रमा अगाडी लेखिएको छ,"जवाफबाट यो प्रस्ट हुन्छ कि नयाँ नियमको आधारमा ट्विटरले अनिवार्य मुख्य अनुपालन अधिकारीको बारेमा कुनै जानकारी प्रदान गरेको छैन। साथै, ट्विटरद्वारा नियुक्त गरिएको आवासीय गुनासो सुन्ने अधिकारी र आधिकारिक सम्पर्क व्यक्ति समेत छैनन्। ट्विटरले एको कार्यालय ठेगाना पनि एक भारतीयको ल फर्मको रहेको छ। यो नियमको विरुद्ध पनि हो। "
उक्त भनिएको भनिएको छ, "महत्त्वपूर्ण सामाजिक मिडिया सङ्गठनहरूलाई लागू हुने नयाँ नियमहरू मे २६, २०२१ देखि लागू भए। त्यो लागू भएको एक हप्ता बितिसकेको छ, तर ट्विटरले यी नियमहरूको पालना गर्न इन्कार गरेको छ। ट्विटरले नियमहरू पालना नगरेकोमा परिणामहरू सामना गर्नुपर्नेछ। " (बीबीसीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस