aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

टर्की एअरलाइन्सका लागि साउदीको विमान स्थल प्रयोग गर्न अनुमति

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २३ जेठ २०७८
टर्की एअरलाइन्सका लागि साउदीको विमान स्थल प्रयोग गर्न अनुमति

काठमाडौं । साउदी अरबबाट कतार वा टर्की  ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् ।  साउदी  अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने  गरी  व्यवस्था  मिलाइएको  जानकारी गराएको छ ।

दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल  जान उडान खोल्ने  सम्बन्धमा  अझै  कुनै निर्णय भएको छैन तर नेपाल जान चाहने श्रमिकले कतार वा टर्की (कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स)बाट ट्रान्जिट मिलाएर फर्कन सकिने व्यवस्था गरिएको छ ।

सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ ।  नेपाल सरकारले हाल नेपाल  एयरलाइन्स,  टर्किस  एयरलाइन्स  र  कतार एयरवेजलाई  साताको  एक÷एक  उडान  सञ्चालन गर्न अनुमति दिएको छ

प्रतिक्रिया दिनुहोस