aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, २३ जेठ २०७८
आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर-लाप्चे, धरान-लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए । 

यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ आगामी आर्थिक वर्षमा तीनवटा सुरुङमार्ग निर्माण कार्यले गति लिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस