aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गृहमन्त्रायका प्रवक्ताको नाम र सही किर्ते गरी करोडौ ठग्ने लक्ष्मी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
गृहमन्त्रायका प्रवक्ताको नाम र सही किर्ते गरी करोडौ ठग्ने लक्ष्मी पक्राउ

काठमाडौं । गृह मन्त्रालयको लेटरप्याड छाप र गृह सह सचिवर प्रवक्ताको नाम र सही  किर्ते गरी नक्कली कागजपत्रहरु तयार पारि ठगी गर्दै हिड्ने लक्ष्मी अधिकारीलाई प्रहरीले पक्राउ गरिएको छ ।

सोमबार विशेष सुरक्षाको आधारमा महानगरीय प्रहरी वृत्त सिहदरवारबट खटिएको प्रहरी टोलीले सिहदरवार दक्षीण गेट नजिकबाट लक्ष्मी अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । निजगढ स्थायी घर भएकी  अधिकारीलाई  आफ्ना वावु वहराईनमा काम गर्न र नेपाल आउने क्रममा सुन वढि ल्याएकोले जेल चलान भएकोमा उपचारको क्रममा मृत्यु नक्कली पत्रसमेत बनाएको भेटिएको प्रहरीले जानकारी दिएको छ । 

अधिकारीले आफ्ना वावुको मृत्युको क्षतिपूर्ति वापत ९५ करोड रकम र वावुले जग्गा वेचेको गरी १ अर्व ८ करोड रकम गृह मन्त्रालयमा प्राप्त भएको भन्ने व्यहोराको पत्र समेत प्रवक्ताको नामवाट वनाई उक्त रकम रोशी गा.पा ७ का वडा अध्यक्षलाई दिनु भन्ने अर्को पत्र समेत बनाएर ठगी गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अधिकारीले आफ्नै घरपेटी दामोदर गौतमलाई समेत प्रभावमा पारी ५ जना व्यक्तिहरुलाई गृहवाट अमेरीका पठाउने र भिषा समेत आएको अर्को पत्र वनाई २५ लाख भन्दाभन्दा बढी ठगी गरेको देखिएको प्रहरीले जनाएको छ । । 

 करोडौ रकम वरावरको पैसा नभएका चेक समेत वैंकहरुमा किलिरेन्स डिपोजिट गर्न र मोवाईल वैंकिङ मार्फत प्राप्त क्त्ब्क् लाई पैसा भएको भनि देखाई ठगी गर्न उद्धत रहेकोले किर्ते ठगीमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस