
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ रोकथाम नियन्त्रण र उपचारमा संलग्न फ्रन्टालाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ । फ्रन्टलाइटर स्वास्थ्यकर्मी तथा कर्मचारी ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयले विवरण माग गरे हो ।
मन्त्रालयले भनेको छ– कोरोना भाइरस नियन्ञण र उपचारमा संलग्न स्वास्थयकर्मी र अन्य कर्मचारीहरुको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने सम्बन्धमा यस मन्त्रालयबाट जेठ ५ गते च.नं. ९३७ बाट विवरण माग गरिएकोमा थप स्पष्ट पार्न सबै सरकारी आइसोलेशन, प्रयोगशाला, अस्पतालहरुको सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीहरुको रियल टाइम रिपोर्टिङ, ड्युटिमा खटिएकाहरुको मात्र ड्युटि लिस्ट र ड्युटीमा खटिएकाहरुको मात्र तलवी भर्पाई विवरण एक हप्ताभित्र पठाउन अनुरोध गरिन्छ ।
प्रतिक्रिया दिनुहोस