aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २४ जेठ २०७८
निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने  तयारी थालेको छ । अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो ।

झापाको चारआली र प्रदेश २ मा ग्यास बोटलिङ प्लान्ट निर्माण  गरिने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । त्यसक्रममा  परामर्शदाता नियुक्ति गरी प्राविधिक प्रतिवेदन बनाउने काम  भइरहेको निगमले जनाएको छ ।

उपाध्यायले भने, “झापाको चारआली र प्रदेश २ को जनकपुर वा सर्लाहीमा एलपी ग्यासको बोटलिङ प्लान्टको निर्माण गर्दैछौँ ।  अहिले डीपीआरअन्तर्गतकै प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको छ ।” 

प्राविधिक प्रतिवेदन तयार भइसकेपछि डीपीआर निर्माणको प्रक्रिया  अघि बढ्ने जनाइएको छ । आगामी आर्थिक वर्ष २०७८र७९  सम्म  निर्माण प्रक्रिया थालिने निगमले जनाएको छ । बोटलिङ प्लान्ट  आफ्नै जग्गामा बनाइनेछ । प्लान्टका लागि निगमले झापामा  पाँच  बिघा जग्गा छुट्याएको छ । जनकपुरमा निगमको  १०  बिघा  र  सर्लाहीमा  २१ बिघा जमिन छ । दुवै स्थानमा  पाँचरपाँच  हजार  मेट्रिक टन क्षमताको बोटलिङ प्लान्ट निर्माण  हुनेछन् । 

प्रतिक्रिया दिनुहोस