aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरोनाको उपचार र अक्सिजन उपलव्धता सहज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ जेठ २०७८
कोरोनाको उपचार र अक्सिजन उपलव्धता सहज हुँदै

काठमाडौं । केही दिनयता कोरोना संक्रमणका बिरामीको र मृत्यु हुनेको संख्या घट्ने क्रमसँगै अक्सिजनको माग पनि घटेको छ ।  दैनिक ९ हजार हाराहारीलाई कोरोना संक्रमण हुँदा उत्पादनले धान्नै नसक्ने गरी अक्सिजनको माग बढेको थियो । पछिल्लो एक डेढ सातादेखि परीक्षण भएकोमा दैनिक करिब ४ देखि ५ हजार जनाको हाराहारी संक्रमण फेला पर्ने गरेका छन ।

बेड र अक्सिजन अभावका कारण उपचारमा समस्या पर्ने र संक्रमितको ज्यान गुमाउनुपर्ने अवस्था नरहेको अस्पतालहरूले जनाएका छन् । कोरोना संक्रमण घट्दै गएपछि संक्रमितको उपचार र अक्सिजन उपलव्धता सहज हुँदै गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले वैकल्पिक उपायको कारणले अक्सिजनको माग घटेको हुन सक्ने बताएका छन् । उनले भने, “पहिले हामीसंग स्वास्थ्य सामग्री एकदम कम रहेको पछिल्लो समय सहयोगी हातहरु समय समयमा सहयोग गरिरहेका कारण अक्सिजनको माग घटेको हुनसक्छ ।” अस्पतालमा अक्सिजनको हाहाकारको हिसाब अलिकति व्यवस्थित हुदै गएको हो । यसलाई माग घट्यो भनेर भन्न नहुने उनले बताए ।  

निषेधाज्ञा जेठ ३१ पछि खोल्न नहुने एकै चोटी खोल्दा फेरि झ्याप्प संक्रमित बढाउन सक्ने अधिकारी बताउछन् । हामी एकदमै अफ्ठ्यारो अवस्थाबाट आएको हुनाले अब सहज होकी भनेर हेर्छौ । हिजो आज देखि रहेको केसहरु पनि पहिलो अवस्थाको एकदमै धेरै भएको भन्दा पनि बढी रहेको छ । अहिले नै हामी सुरक्षीत छौं भन्ने अवस्था नरहेको उनले बताए । 

त्यस्तै कान्तिपूर अक्सिजन प्लान्टका बजार प्रबन्धक कुमार चुडालले अक्सिजनको माग घट्दै गएको बताए । उनले भने, “पहिले उत्पादन भन्दा २० प्रतिशतले माग बढेको थियो । लगभग एक साता यता अक्सिजनको माग घटेको छ ।” 

दिनको २४ घण्टा चल्ने अक्सिजन प्लान्टहरु अहिले कहिले चल्ने कहिले नचलाई पनि माग अनुसार धान्न सकिने बताए । अक्सिजन प्लान्टको दैनिक उत्पादनको ७५ प्रतिशत मात्र अक्सिजन खपत भइरहेको बाँकि २५ प्रतिशत स्टकमा रहने गरेको चुडालले बताए । अहिले आफुहरुले उपत्यका भित्र मात्र अक्सिजन वितरण गरिरहेकोे बताए । चुडाल भन्छन्, अझै जेठ ३१ पछि केहि दिन निषेधाज्ञा थप गर्नु पर्ने छ नत्र अक्सिजन ढुवानी गर्न समस्या हुने र समयमा अस्पतालमा पुर्याउन नसकिने हुन सक्छ । 

प्रतिक्रिया दिनुहोस