काठमाडौं । परिवार राम्रो परिवारले कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा वृद्धआश्रमलाई निःशुल्क स्वास्थ्य सामग्री र खाद्यान्न वितरण सञ्चालन गरिएको छ ।
यस सस्थाले आफ्नो अभियानको यो १३ औ राहत हस्तान्तरण कार्यक्रम रहेको र अझै रहने जानकारी दिए। निषेधाज्ञामा एकल, वृद्ध वृद्धा,मस्तिष्क पक्षाघातका बिरामी गरी उपत्यकाका जिल्लाको ३ स्थानमा स्वास्थ्य र खाद्यान्न वितरण गरिसकेको हाम्रो परिवार राम्रो परिवारको अध्यक्ष निर्मला अधिकारीले जानकारी दिइन ।
त्यस्तै संस्थाका सचिव दिपेन्द्र खड्काले खानेकुराको अभावले कोही पनि भोकै बस्नु नपर्ने भन्दै स्वास्थ्य र खाध्यान्नको समस्यामा परेकाले खबर गर्न आग्रहसमेत गरे । निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेका परिवारका अनुसार जिल्लाका काठमाडौंको निः सहाय सेवा केन्द्र , भत्तपुरको मानव कल्याण समाज विभिन्न टोलबस्तीका घरदैलोमै पुगेर राहत वितरण गरिएको हाम्रो परिवार राम्रो परिवारको अध्यक्ष अधिकारीले जानकारी दिइन ।
‘सक्नेले नसक्नेलाई सहयोग गरौँ’ भन्ने नाराका साथ अभियान शुरु भएसँगै स्वतःस्फूर्त रूपमा विभिन्न व्यक्तिले गरेको नगद तथा जिन्सी सहयोग सङ्कलन गर्दै समस्यामा परेकालाई राहत वितरण गर्दै आएको खण्काले बताए । निषेधाज्ञाका कारण समस्यामा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने निक्कै परिवारहरूरलाई खाद्यान्न सहयोग गरिसकेको अध्यक्षले जानकारी दिइन ।
प्रतिक्रिया दिनुहोस