aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गरेकी छिन । 

खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय ९पिआइडी० ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन्त्री मगरले निरीक्षण गर्नु भएको हो ।

दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गरि शुद्धीकरण गर्ने उदेश्यले यो आयोजना अघि बढाइएको हो । 

खानेपानी मन्त्री मगरले काठमाडौं उपत्यकामा बनिरहेको यस किसिमको प्रशोधन केन्द्रले उपत्यकाको ढलको समस्या धेरै हल हुने बताउनुभयो । उनले आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन समेत दिएकी छिन । 

पानी शुद्धीकरण गरेर बाग्मतीमा मिसाइने भएकाले यसबाट काठमाडौं उपत्यकामा सिचाइ र सरसफाइको क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने आयोजनाका प्रमुख तिरेश बहादुर खत्रीले बताए । उनका अनुसार, अहिले यो प्रशोधन केन्द्रको भौतिक कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ । 

सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाइ छ । 

यो प्रशोधन केन्द्रको कार्य सकिए पछि यसबाट करिब ३ मेगावाट बिजुली र मल उत्पादन हुने बताइएको छ । यो प्रशोधन केन्द्रबाट उत्पादन हुने मललाई  उचित मूल्यमा किसानहरुलाई बिक्री गरिने लक्ष्य राखिएको छ ।

 यसबाट प्राङ्गगारिक मल उत्पादन हुने बताइएको छ । यो प्रशोधन केन्द्रको निर्माण कार्य भारतको चेन्नई स्थित भि टेक वाबाग कम्पनीले गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस