aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१० वर्षपछि भिसा शुल्क बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ असार २०७६
१० वर्षपछि भिसा शुल्क बढ्यो

काठमाडौं । सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा (भिसा) शुल्क बढाएको छ । बढेको शुल्क साउन १ गतेदेखि कार्यान्वयमा आउनेछ । मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तन भिसा शुल्क लागू गर्न लागेको हो । अध्यागमन विभागले नयाँ भिसा शुल्क कार्यान्वयन गर्ने तयारी गरेको छ । 

गृहले पछिल्लोपटक २०६५ साउन १ गतेदेखि नयाँ भिसा शुल्क कार्यान्वयनमा ल्याएको थियो । झन्डै १० वर्षपछि नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भिसा शुल्क बढाउने निर्णय गरेको हो । 

गृहले पर्यटकीय भिसाअन्र्तगत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डलर पुर्‍याएको छ । यसअघि १५ दिनको बहुप्रवेशी भिसा शुल्क २५ डलर तिर्नुपथ्र्यो । त्यस्तै, ३० दिनको बहुप्रवेशी भिसा शुल्कमा १० डलर बढाएर ५० अमेरिकी डलर पुर्‍याईएको छ ।

पर्यटकले यसअघि ४० डलर तिर्दै आएका थिए । गृह मन्त्रालयले ९० दिनको बहुप्रवेशी भिसा शुल्क ९० बाट बढाएर १ सय २५ डलर पुर्‍याएको छ । यसमा ३५ डलर बढाइएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस