
एजेन्सी। सारा विश्वले चीनको वुहान स्थित भाइरस सम्बन्धी अध्ययन गर्ने ल्याबबाट कोरोना भाइरस बाहिरिएको आशङ्का गरिरहेका बेला चीनले आगामी ५ वर्ष भित्र थप २५ देखि ३० वटा त्यस्तै प्रयोगशाला निर्माण गर्ने योजना बनाएको खुलासा भएको छ।
चीनको ग्वांग्डोंग प्रान्तले केही साता अगाडी घोषणा गर्यो कि उसले आगामी ५ वर्षमा २५ देखि ३० बायोसेफ्टी ल्याबहरू निर्माण गर्ने योजना गरिरहेको छ। यस्ता ल्याबहरू अहिले विश्वका २३ मुलुकमा सञ्चालनमा छन्। ती मुलुकहरूमा बेलायत, अमेरिका, भारत, गेबोन, र कोटे ड्भोयर जस्ता देशहरू समेत पर्छन्।
हाल वुहान इन्स्टिच्युट अफ भाइरोलजी अमेरिकी अधिकारीहरूले अनुसन्धानको केन्द्रमा रहेको छ। त्यहाँ उनीहरू कोभिड-१९ त्यो प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने विषयमा अनुसन्धान गरिरहेका छन्।
चीनले बनाउन लागेको नयाँ प्रयोगशाला बारे विश्वभरका विज्ञहरू चिन्तित हुनुको कारण के हो भने यस्ता प्रयोगशाला मध्ये ७५ प्रतिशत सहरी क्षेत्रमा बन्नेछन्। जसले गर्दा "प्रयोगशाला चुहावट" को चिन्ता बढेको हो।
"युके र अमेरिका जस्ता केही देशहरूमा अझ राम्रो रिपोर्ट हुँदै गइरहेको छ। यसका बारे मिडिया कभरेज रहेको छ। तर हामी के मा चिन्तित छौँ भने जसरी यस्ता प्रयोगशाला बढाउने काम भइरहेको छ त्यसले अझ अधिक दुर्घटना निम्त्याउने छ।" लन्डनस्थित किंग्स कलेजका फिलिप लेन्टजोसले गरेको टिप्पणी टिप्पणी फाइनान्सियल टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
रूटर्स युब्रेटमा रासायनिक जीवविज्ञानका प्राध्यापक रिचर्ड इब्राइट पनि यसमा सहमत छन्, "यस्ता संस्थाको सङ्ख्या र यी खतरनाक एजेन्टहरूमा पहुँच भएका व्यक्तिको सङ्ख्या जति ठुलो हुन्छ, खतरा त्यति नै बढी हुन्छ।" इब्राइटले भने अनुसार यस्ता दुर्घटना र चुहावट ती स्थानहरूमा धेरै भएको छ जहाँ जैव सुरक्षा स्तर कमजोर छ।
खतरनाक जैविक अनुसन्धान गर्न प्रयोग भएका त्यस्ता प्रयोगशालाहरू विगत केही दशकमा फैलिएका छन्। वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि विभिन्न स्थानमा ढिलो नियन्त्रणले अर्को महामारी ल्याउन सक्छ।
विगतका घटनाहरू
अहिले चीनले बनाएको योजनाले चिन्ता थप्नको खस कारण के हो भने यस्ता ल्याबबाट पहिले पनि केही ठुला दुर्घटनाहरू भइसकेका छन्। सन् २००१ मा भएको एन्थ्रेक्स भाइरसको फैलावट हालका दशकहरूमा प्रयोगशाला सुरक्षा असफलताको एक मात्र उदाहरण होइन। त्यस्तो सन् २००४ पनि भएको थियो। त्यो बेला दुई जना अनुसन्धानकर्ताले बेइजिङको चाइनिज इन्स्टिच्युट अफ भाइरोलोजीमा काम गर्ने क्रममा नौ जना व्यक्तिहरु सार्सबाट सङ्क्रमित भएका थिए। ती मध्ये एक जना व्यक्तिको मृत्यु भयो।
नोभेम्बर २०१९ मा कोभिड १९ को पहिलो घटना पुष्टि हुनु भन्दा ठिक एक महिना अघि उत्तर-पश्चिम चीनमा ६००० भन्दा बढी मानिसहरू ब्रुसेलोसिसबाट सङ्क्रमित भएका थिए। एउटा खोप उत्पादन गर्ने प्लान्टमा भएको चुहावट पछि फ्लू जस्तो लक्षण भएको यो ब्याक्टेरियाबाट हुने रोग फैलिएको थियो।
चीन विशेष गरी आफ्नो वैज्ञानिक अनुसन्धान क्षमता सुदृढीकरण गर्न बढी भन्दा बढी यस्ता ल्याब निर्माण गर्न उत्सुक छ। राज्य सम्बद्ध चिनियाँ एकेडेमी अफ साइन्सेजका पूर्व अध्यक्ष बाई चुनलीले गत वर्ष एक लेखमा अमेरिकाको तुलनामा उच्च स्तरीय बायोसेफ्टी प्रयोगशालाको सङ्ख्या बढी हुनु चीनको "स्पष्ट कमजोरी" हुने चेतावनी दिएका थिए।
प्रतिक्रिया दिनुहोस