aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोरोना खोप किन ? स्वास्थ्य जोगाउन कि सम्पत्ति जोड्न ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ जेठ २०७८
कोरोना खोप किन ? स्वास्थ्य जोगाउन कि सम्पत्ति जोड्न ?

अहिले संसारभरका मानिसहरू एउटा बस्तुको तीव्र प्रतीक्षामा छन्। त्यो हो, कोरोना भाइरस विरुद्धको खोप। तर, अहिले धेरैले प्रश्न गर्न थालेका छन्- कोरोना विरुद्धको खोप मानिसलाई रोगमुक्त पार्न लगाइँदै छ वा ठुला औषधी उत्पादक कम्पनी (बिग फर्मा)का मालिकलाई धनी बनाउन ?  

जब खोप लगाएका मानिसहरूले पनि अन्यले झैँ मास्क लगाउनै पर्ने, सामाजिक दुरी कायम गर्नै पर्ने हुन्छ।  यसले मानिसलाई सङ्क्रमण हुनबाट रोक्दैन।  मृत्यु नहुने निश्चित छैन। मानव शरीरमा कालान्तरमा खोपको प्रतिकुल प्रभाव हुँदैन भन्ने कसैले ग्यारेन्टी गर्दैन।  तत्कालै कुनै साइड इफेक्ट भएर मान्छेको मृत्यु भएमा त्यसको जिम्मेवारी कसैले लिँदैन भने त्यसको खोप किन लाउने भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। 

यस्ता प्रश्न उठाइनुका अरु पनि केही कारणहरू छन्, जसलाई त्यतिकै नकार्न सकिँदैन। यहाँ त्यस्ता केही घटनाहरूको चर्चा गरिंदैछ जसले कोरोना विरुद्धको खोपको प्रमुख उद्देश्य मानिसलाई बचाउनु भन्दा पनि विश्वका ठुला धनाढ्यहरूलाई अझ धनी बनाउनु हो जस्तो देखाउँछन्।  

जनवरी २०१७ मा पेन्टागन (अमेरिकाको सुरक्षा विभाग) ले कोरोना भाइरस महामारीको पूर्वानुमान गरेको थियो। र, त्यसै बेला भनेको थियो-अमेरिका त्यसको लागि तयार रहने छैन। त्यही वर्षको डिसेम्बरमा अमेरिकाले भाइरसको आनुवंशिक संशोधन माथीको प्रतिबन्ध रद्द गर्‍यो। जसले फोर्ट डेट्रिक र अन्य सैन्य प्रयोगशालाहरूका अतिरिक्त अन्य गैर-सैन्य अनुसन्धानकर्ताहरूलाई आनुवंशिक रूपमा भाइरस परिमार्जन गर्न अनुमति दिइयो। १२ अगस्त, २०१९ मा संसारलाई जाती विशिष्ट जैविक हतियारको लागि तयार हुन चेतावनी दिइएको थियो।

सन् २०१९ को अक्टोबरमा चीनको वुहान प्रान्तमा कोभिड-१९ को प्रकोप हुनु अघि चीन विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र बन्न पुगेको थियो। जसबाट अमेरिका खुसी थिएन। अक्टोबर २०१९ मा अमेरिकाको न्यु योर्क सहरमा, जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीले वर्ल्ड इकोनोमी फोरम (बैंकरहरूको एक अन्तर्राष्ट्रिय थिंक ट्याङ्क) र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँगको साझेदारीमा 'इभेन्ट २०१' नामक कार्यक्रमको आयोजना गरेको थियो। जसले निष्कर्षमा  विभिन्न सम्भावित परिदृश्यहरू खोल्दै विश्वलाई एउटा महामारीको लागि तयार हुन भन्यो। त्यस बेला नै भनिएको थियो-"कोरोनाभाइरस महामारीको यो पूर्वानुमान मात्र होइन।"

उनीहरूले भने कि यो "कुनै पूर्वानुमान होइन" त्यसैले धेरै व्यक्तिले उनीहरूको शेयर बजारको आफ्नो पोर्टफोलियो घटाए। उनीहरूले भविष्यवाणी गरेका थिए कि महामारीले विश्वव्यापी मन्दी उत्पन्न गर्दछ। ठुला निगमका सीईओले सन् २०२० फेब्रुअरीमा शेयर बजार क्र्याश हुनुभन्दा पहिले यस्तो पूर्वानुमानको आधारमा आफूलाई सुरक्षित राखिसकेका थिए।

'इभेन्ट २०१' ले प्रमुख ७ सिफारिसहरू गरेको थियो जसलाई यसलाई "ए कल टु एक्सन" भनिन्थ्यो। ती मध्ये केही सरकारहरूले खोपको उत्पादनको लागि छिटो ट्र्याक प्रदान गर्नु पर्ने थियो जसलाई अमेरिकामा “वार्प स्पीड” भनियो। सरकारहरूले आवश्यक परे निजी क्षेत्रका मिडियालाई समेत साथमा लिएर सामाजिक सञ्जालले फिँजाउने "गलत र भ्रामक सूचनाको विरुद्ध लड्न"  सबै मिडिया आउटलेटलाई "द्रुत, सटीक, र लगातार जानकारीको साथ मिडियाको बाढी" चलाएर सूचनालाई नियन्त्रण गर्न आवश्यक छ। र, वास्तवमा फेब्रुअरी २०२० देखि आजसम्म अमेरिकामा कोभिड-१९ को सम्बन्धमा त्यही भइरहेको छ। 

त्यहाँ खोपको विरुद्धमा बोल्ने सबै सोसल मिडियामा लगभग पुरै सेन्सर हुन्छ। र, सबै प्रमुख मिडिया आउटलेट द्वारा मानिसहरूलाई "महामारी" र "खोपको आवश्यकता" को बारेमा तथाकथित कुरा गर्दै खोप लिनको लागी उत्प्रेरित गरिन्छ। बिग फर्माको योजना अनुसार स्वास्थ्य अधिकारीहरूलाई जनतालाई खोप लगाउन उत्प्रेरित गर्न "विश्वासिला नेताहरू" र मानिसले पत्याउने सेलिब्रेटीको प्रयोग गर्न सल्लाह दिइएको छ।

एउटा रोचक कुरा पनि यहाँ छ। त्यसो भए, माइक्रोसफ्टका मालिक बिल गेट्स किन खोपहरूप्रति यति रुचि राख्छन् ? 'इभेन्ट २०१' का एक प्रमुख खेलाडी बिल गेट्सले भनिरहेका छन् कि मानिसहरूले यो खोप लाएको/नलाएको टाढाबाट पनि निरीक्षण गर्न सकिने इम्प्लान्ट प्रयोग गरेर प्रमाणित गर्न आवश्यक छ। जो कोहीले सहज अनुमान लगाउन सक्छ- यस्तो अनुगमनको लागि कम्प्युटर हार्डवेयर र सफ्टवेयर कसले उत्पादन गर्दछ?

बिल गेट्सले सरकारले औषधि कम्पनीहरूलाई वार्प स्पिडमा कोभिड-१९ को खोप उत्पादनको अनुमति मागे। उनको इच्छा २०२० फेब्रुअरीमा पुरा भयो। त्यो बेला अमेरिकाका स्वास्थ्य र मानव सेवा सचिव एलेक्स अजारले सार्वजनिक तत्परता र आपतकालीन तयारी ऐनको आह्वान गरे। 

यो कानुनले गम्भीर चिकित्सा आपूर्ति, जस्तै खोपहरू र औषधीहरू वितरण गर्ने कम्पनीहरूलाई कानुनी सुरक्षा प्रदान गर्न शक्ति प्रदान गर्दछ। त्यो यो हदसम्म लागु हुन्छ, जबसम्म कम्पनीले "जानाजानी दुराचार" गर्दैन। यस्तो सुरक्षा २०२४ सम्म रहन्छ। यसको मतलब अर्को चार वर्षको लागि यी कम्पनीहरू विरुद्ध कसैले अदालतमा क्षतिपूर्ति माग गर्दै  मुद्दा दायर गर्न सक्दैन। 

गेट्सको माइक्रोसफ्ट टेक्नोलोजीले जून २०, २०१९ मा एउटा पेटेन्टको लागि आवेदन गरिसकेको थियो। त्यो बेला हालको महामारीको बारेमा उनी बाहेक कसैले सोचेको पनि थिएन। त्यो पेटेन्ट उनलाई दिएको सूचना मार्च २६, २०२० मा पेटेन्ट प्रकाशन नम्बर, डब्लुओ/२०२०/ ०६०६०६ अन्तर्गत प्रदान गरिएको थियो।सामान्य भाषामा भन्दा माइक्रोसफ्टले यो पेटेन्टका आधारमा तपाईँको ५ जी स्मार्टफोनमा रहेका डेटाहरू प्रयोग गर्दछ तपाईँका गतिविधिहरूको बारेमा रियल टाइममा क्लाउडमा पठाउन सक्छ। 

कोभिड-१९ महामारी पछि मोर्डना, फाइजर, एस्ट्रा जेनेका  र जोन्सन एण्ड जोन्सन लगायत अन्य कम्पनीहरूले तथाकथित खोपहरू विकास गरेका छन्। जसलाई आपतकालीन प्रयोगको लागि छोटो बाटोबाट अनुमति दिइएको छ। कसैले यसको कुनै नकारात्मक  प्रभावहरूको लागि कानुनी अभियोजन गर्नबाट  रोक लगाइएको छ। उनीहरूको प्रयोगात्मक प्रयोग कोभिड १९ महामारीले स्वास्थ्यमा पार्ने असर कम गर्न र मृत्यु कम गरेको हो वा त्यस्ता कम्पनीहरूको  धन कमाउने छोटो बाटो खोलिदिएको हो भन्ने यतिबाट नै बुझ्न सकिन्छ। 

 

प्रतिक्रिया दिनुहोस