aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सरकारले अनुमान गरेकोभन्दा आधामात्रै आर्थिक वृद्धि हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
सरकारले अनुमान गरेकोभन्दा आधामात्रै आर्थिक वृद्धि हुने

काठमाडौं । २०७८/७९ आर्थिक वर्षम नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने विश्व बैंकले प्रक्षपण गरेको छ ।  विश्व बैंकको  ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’  रिपोर्टमा नेपालको आर्थिक वृद्धिदर सरकारले अनुमान गरेको  ६.५ प्रतिशत नहुने बताएको हो । बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि २.७ प्रतिशत मात्रै आर्थिक वृद्धिदर सम्भव भएको थियो । जनाइएको छ । 

नेपालले चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धिदर र २०७८/७९ का लागि ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको हो । त्यस्तै, कोभिड–१९ विरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तिब्र आर्थिक विकास हुने बैंकले प्रक्षेपण गरेको छ । बैंकका अनुसार यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हुनेछ । 

मङ्गलबार सार्वजनिक “विश्व आर्थिक परिदृश्य” प्रतिवेदनमा यस वर्ष सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत जनवरीमा बैंकले यस वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । 

गत वर्ष विश्वको अर्थतन्त्र ३.५ प्रतिशतले खुम्चिएको थियो । कोरोनाभाइरस महामारीले व्यापारमा पु–याएको अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको थियो । 

बैंकले गरेको यो प्रक्षेपण सन् १९७३ पछि सबैभन्दा बढी हो । सन् १९७३ मा विश्वको आर्थिक वृद्धि ६.६ प्रतिशत रहेको थियो । तर सन् २०२१ को आर्थिक वृद्धि विश्वका सबैजसो मुलुक एवं क्षेत्रमा समान किसिमको नहुने बैंकको भनाई छ । संयुक्तराज्य अमेरिका जस्ता धनी राष्ट्रहरुले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन करदाताले बुझाएको ठूलो राजश्व रकम आर्थिक पुनरुद्धारमा खर्च गरेका छन् ।

 त्यहीकारण ठूला अर्थतन्त्र भएका ९० प्रतिशत मुलुकले अर्को वर्षभित्रै कोभिड–१९ महामारीको पूर्व अवस्थामा आफ्ना मुलुकलाई पु–याउने सम्भावना छ । तर विकासशील मुलुकका लागि परिस्थिति त्यति सहज हुने छैन ।

प्रतिक्रिया दिनुहोस