aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन ।

नवनियुक्त मन्त्रीमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका,  युवा तथा खेलकुद मन्त्रालय रहहेको छ । उनहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रतिक्रिया दिनुहोस