
एजेन्सी । दुबईका शासक शेख मोहम्मद अल मकतुमकि पत्नी राजकुमारी हया बिंत अल हुसेन अहिले लण्डनमा लुकेर बसिरहेकी छन् । आफ्ना पतिलाई छोडेर हिंडेपछि उनले सुरक्षा खतरा महसुस गरेकी छन् । ६९ वर्षीय शेख मोहम्मदले इन्स्ट्राग्राममा एक कविता पोस्ट गरेर कुनै अज्ञात महिलाले धोखा दिएको र विश्वासघात गरेको आरोप लगाएका छन् ।
अर्बपति शेख मोहम्मद बेलायतमा ‘घुडदौड सर्किट’ का मालिक हुन् भने उनले बेलायती महारानीसँग रेसकोर्समा गफ गर्दै गरेको देखिनुलाई सामान्य मानिन्छ । जोर्डनमा पैदा भएकी बेलायतमा पढेकी ४५ वर्षिया हयाले २००४ मा शेख मोहम्मदसँग विवाह गरेकी थिइन् । उनी शेखकी छैठौं पत्नी हुन् ।
राजकुमारी हया दुबईबाट भागेर जर्मनी पुगेकी थिइन् । त्यहाँ उनले शरण मागेकी थिइन् । तर त्यसपछि उनी बेलायत गइन् । उनी अहिले बेलायतको केन्द्रमा रहेको केनसिंगटन प्यालेस गार्डेनमा लगभग सात सय करोड रुपैयाँको आवासमा रहेर उच्च अदालतमा कानुनी लडाइको तयारी गरिरहेकी छन् । उनी किन दुबईबाट भागिन् र उनलाई को बाट ज्यानको खतरा छ भन्ने कुरा खुलेको छैन ।
यो वर्ष दुबई फर्केकी शेखकी छोरी शेखा लतीफाका बारेमा रहस्यपूर्ण कुरा उनले चाल पाएकी थिइन् । शेख एक फ्रान्सेली व्यक्तिको सहयोगमा डुंगा मार्फत भागेकी थिइन् । तर उनलाई भारतको तटमा हतियार रक्षकहरुले हिरासतमा लिएर दुबई फर्काइदिएका थिए । यो विषयमा राजकुमारी हया र आयरल्याण्डका पूर्व राष्ट्रपति मोरिस रोबिन्सनले दुबई प्रशासनको पक्ष लिएका थिए । दुबईको प्रशासनले लतिफा उत्पीडनको शिकार भएको हुन सक्ने र स्वदेश आएपछि सुरक्षित रहेको जनाएको थियो ।
तर अधिकारकर्मी संस्थाहरुले उनलाई इच्छाविपरीत रोकिएको आरोप लगाएका थिए । यसपछि शेखको परिवारको बारेमा धेरै गोप्य कुरा राजकुमारीलाई थाहा भएको र उनी असुरक्षित महसुस गर्न थालेको बताइएको छ । लण्डनस्थित युएईको दूतावासले भने यो निजी मामिला भन्दै टिप्पणी गर्न अस्वीकार गरेको छ । यूएईका शेखले राजकुमारी फिर्ता माग्ने सम्भावना पनि रहेको जनाइएको छ किनकि युएइ र बेलायतबीच राम्रो सम्बन्ध मानिन्छ ।
यसैगरी राजकुमारीलाई फिर्ता गरेको अवस्थामा युएईको जोर्डनसँगको सम्बन्धमा पनि अप्ठेरो आउन सक्ने जनाइएको छ । किनकि राजकुमारी हया जोर्डनका शासक शाह अब्दुल्लाहकी सौतेनी बहिनी पनि हुन् । जोर्डनमा करिब अढाइ लाख मानिस काम गरिरहेका छन् जसले गर्दा जोर्डनसँग अहिले दुश्मनी गर्ने अवस्थापनि नहुने बताइने गरेको छ ।
प्रतिक्रिया दिनुहोस