काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना उपप्रधानमन्त्री सहित २५ जना सदस्य रहेको मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ विस्तार गरेको मन्त्रिपरिषदमा नयाँ नियुक्ति र जिम्मेवारी हेरफेर गर्दै मन्त्रिपरिषद् विस्तार गरेको विज्ञप्ति जारी गरिएको हो । ओली सरकारको मन्त्रीपरिषद अब २५ सदस्यीय भएको छ ।
विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री भएका छन । खगराज अधिकारी गृह मन्त्री, शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री,राजकिशोर यादव उद्योगमन्त्री, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी बनेका छन् ।
त्यस्तै, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार, लिलानाथ श्रेष्ठ कानुन मन्त्रीमा कायम हुँदा पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमति नैनकला थापा सञ्चारमन्त्री,ज्वाला कुमारी साह कृषि, विमल प्रसाद श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययन, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मिया युवा तथा खेलकुद मन्त्री र नारदमुनि राना वन मन्त्री नियुक्त भएका छन् ।
गणेश कुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन,मोहन बानिया प्रधानमन्त्री कार्यालय हेर्नेगरी मन्त्री, राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमारी विक नियुक्त भएका छन ।
प्रतिक्रिया दिनुहोस