aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

पुटिनलाई भेट्नु अघि वाइडेनको चेतावनी : कडा नतिजा भोग्नुपर्ला, हानिकारक हर्कत नगर्नु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
पुटिनलाई भेट्नु अघि वाइडेनको चेतावनी : कडा नतिजा भोग्नुपर्ला, हानिकारक हर्कत नगर्नु

एजेन्सी। अमेरिकी राष्ट्रपति जो वाईडेन पद सम्हालेपछि पहिलो पटक विदेश भ्रमणमा बेलायत पुगेका छन्। जहाँ उनले रसियालाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। उनले रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनलाई चेतावनी दिँदै रसियाले "हानिकारक गतिविधि" गरेको खण्डमा उसले "कडा र अर्थपूर्ण" नतिजा भोग्नुपर्ने बताएका छन्।

वाईडेनले भने, "हामी रसियासँग तनाव चाहँदैनौँ। हामी दुई देशबिच स्थिर र राम्रो सम्बन्ध चाहन्छौँ। तर म एउटा कुराको बारेमा स्पष्ट छु कि यदि रुसी सरकार कुनै पनि किसिमको हानिकारक गतिविधिमा संलग्न भएको छ भने अमेरिकाले यसको जवाफ दिनेछ। बलियो र अर्थपूर्ण तरिकाले। "

ट्रम्प प्रशासनको अमेरिकाका मित्रवत् देशहरूसँग सम्बन्धमा तनाव पछि वाईडेनले यो पनि स्पष्ट पारेका छन् कि उनी ती देशहरूसँग बलियो सम्बन्ध बनाउनको लागी प्रयत्नशील छन्। 

वाईडेन बुधवार जी ७ शिखर सम्मेलनमा सहभागी हुन् बेलायत पुगेका हुन्। सम्मेलनको बेला उनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई भेटेर नयाँ "अटलान्टिक चार्टर" बारे छलफल गर्नेछन्।

एक तरीकाले, यो विन्स्टन चर्चिल र फ्रान्कलीन रुजवेल्ट बिच १९४१ मा भएको सम्झौताको आधुनिक संस्करण हुनेछ, जुन जलवायु परिवर्तन र सुरक्षा जस्ता चुनौतीहरूमा  केन्द्रित हुनेछ।

बीबीसीका राजनीतिका मामिला सम्पादक लौरा कुएन्स्बर्ग भन्छन् कि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा भएको तनावपूर्ण सम्बन्ध र त्यसपछि कोरोना महामारीले सिर्जना गरेको अवस्था पछि दुई देश अब नयाँ सम्बन्ध कायम गर्न चाहन्छन्।

आठ दिनको युरोप भ्रमणमा वाईडेनले बेलायती महारानीलाई विन्डसर कासलमा भेट्नेछन्। जी ७ देशका नेताहरूको बैठकमा सहभागी हुनेछन् र अमेरिकी राष्ट्रपतिका रूपमा  नेटो शिखर सम्मेलनमा भाग लिनेछन्। आफ्नो भ्रमणको अन्तिम चरणमा वाईडेनले जेनेभामा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग पनि भेट गर्नेछन्।

ह्वाइट हाउसले स्पष्ट गर्‍यो कि रुसी राष्ट्रपतिसँगको भेटमा वाईडेनले हतियार प्रतिबन्ध, मौसम परिवर्तन, युक्रेनमा रुसी सैनिक हस्तक्षेप, रुसी साइबर-ह्याकिङ गतिविधि र रुसी विपक्षी नेता अलेक्सी नाभनीलाई जेल हालेको जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गर्ने छन्।

मस्कोको अदालतले बुधवार एलेक्सी नाभनीसँग जोडिएका तीन संस्थाहरूलाई आतङ्कवादी भन्दै गैर कानुनी घोषणा गरेको छ।

विगतका वर्षहरूमा अमेरिका र रसिया बिचको तनाव धेरै मुद्दाहरूमा बढेको छ। हाल दुई देशबिचको सम्बन्ध सबैभन्दा तल्लो तहमा पुगेको छ। अप्रिलमा पुटिनले पश्चिमी शक्तिले रुसलाई "निशाना बनाउने" प्रयास गरेको आरोप लगाए र "लक्ष्मण रेखा" पार नगर्न चेतावनी दिएका थिए।

जी ७ सम्बद्ध देशका शीर्ष नेताहरूको बैठक शनिवार र आइतबार हुने छ। जी ७ समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, अमेरिका र युरोपियन युनियन सामेल छ। यो विश्वास गरिन्छ कि यी विश्वका सात ठुला र आधुनिक अर्थव्यवस्था हुन्। (बीबीसी हिन्दीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस