aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गर्लफ्रेण्डको चक्करमा पर्दा भगौडा हिरा व्यापारी मेहुल पक्राउ परेको खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ जेठ २०७८
गर्लफ्रेण्डको चक्करमा पर्दा भगौडा हिरा व्यापारी मेहुल पक्राउ परेको खुलासा

एजेन्सी। पन्जाब नेशनल बैंक (पीएनबी) घोटालाका आरोपी मेहुल चोकसी हाल डोमिनिकाको जेलमा छन्। चोकसीको बारेमा हरेक दिन नयाँ खुलासा भइरहेको छ। 

एन्टिगा-बार्बुडामा बस्दै आएका मेहुलले आफूलाई अपहरण गरेर त्यहाँ पुर्‍याइएको दाबी गरेका छन्।  उनले दिएको बयान अनुसार उनको अपहरणमा प्रेमिका बारबरा जाबेरिकाको हात छ। 

तर, मेहुलकी प्रेमिका बारबरा जाबेरिकाले भने सो कुरा इन्कार गरिरहेकी छिन्। दुई दिन अघि सञ्चारकर्मीसँग कुराकानीमा जबरिकाले मेहुलले आफूसँग नक्कली परिचय दिएको र अपहरणको गलत कथा सिर्जना गरेको आरोप लगाएकी छिन्। 

समाचार एजेन्सी एएनआईलाई दिएको एक अन्तर्वार्तामा प्रेमिका बारबरा जाबेरिकाले मेहुलको क्युबा भाग्ने योजना रहेको खुलासा गरेकी छिन्। उनका अनुसार मेहुलले उनलाई अर्को पटक क्युबामा भेट्ने भनेका थिए।

उता मेहुलले भने बारबरा जाबेरिकाले उनलाई लिन अपार्टमेन्टमा आउनु भनेपछि त्यहाँ पुगेका उनलाई ८/१० जनाको समूहले अपहरण गरेर पिटेका थिए। तिनीहरूले नै उनलाई डोमिनिका पुर्‍याएका हुन्। 

मेहुल चोकसी एन्टिगा-बार्बुडामा बस्दै आएका थिए। तर, ऊनी अचानक २३ मेमा हराए। दुई दिन पछि डोमिनिकामा उनी पक्राउ परे। चोकसीले दाबी गरेका छन् कि उनी आफ्नी प्रेमिका बारबरा जाबेरिकासँग थिए। त्यो समयमा उनको अपहरण भयो। अपहरणकारीले उनलाई कुटे। तर, यो सम्पूर्ण घटनामा जबरिकाले उनलाई मद्दत गरिनन् । यसले अपहरणको षड्यन्त्रमा उनी संलग्न रहेको स्पष्ट पार्छ।

बारबराले भने मिडिया रिपोर्टमा भने जस्तो उनी मेहुलको प्रेमिका होइनन् । 'म यो स्पष्ट पार्न चाहन्छु कि म उसकी प्रेमिका होइन र उनीसँग मेरो कुनै सम्बन्ध छैन। मेरो आफ्नै व्यवसाय छ। मलाई मेरो पैसा, होटेल बुकिङ र गहनाका लागि उनीहरूको पैसा वा समर्थन चाहिँदैन।' उनले भनेकी छिन्। 

बार्बराले  मेहुललाई गत अगस्टदेखि चिनेको र उनलाई जली हार्बरमा भेटेको बताएकी थिइन्। उनले के स्वीकार गरेकी छिन् भने मेहुल उनीसँग रोमान्स गर्न चाहन्थे।  समाचारहरूमा उल्लेख भए अनुसार महुल त्यो दिन बारबरालाई उनकै अपार्टमेन्टमा रोमान्स गर्ने योजनाका साथ त्यहाँ गएका थिए।  तर, त्यहाँ पुगेर ढोका खोल्न साथ बारबराको घरबाट निस्किएका मानिसले उनलाई अपहरण गरेका थिए। 

यो पुरा घटनामा रोचक त यो छ कि मेहुलले आफ्नी नयाँ प्रेमिकालाई उपहारको रूपमा दिएको हिराको औँठी र हार समेत नक्कली थियो। भारतमा नक्कली हीरा बेच्ने गरेको खुलासा भएपछि नै उनको व्यापार डुब्दा बैंकको साढे १३ हजार करोड डुबाएर मेहुल विदेश भागेका थिए।  

प्रतिक्रिया दिनुहोस