aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

इ-फार्मेसीको प्रतिस्पर्धामा टाटा र अम्बानी, स्वास्थ्य क्षेत्रमा सुरु भयो आक्रामक लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ जेठ २०७८
इ-फार्मेसीको प्रतिस्पर्धामा टाटा र अम्बानी, स्वास्थ्य क्षेत्रमा सुरु भयो आक्रामक लगानी

भारत। टाटा डिजिटल, भारतको सर्वाधिक पुरानो व्यापारिक घराना टाटा समूहको सहायक कम्पनी हो। अब यसले अनलाइन फार्मेसी क्षेत्रमा प्रवेश गर्न सबै तयार गराइसकेको छ। टाटा डिजिटलले अनलाइन फार्मेसी कम्पनी १ एमजीको प्रमुख हिस्सेदारी किन्न लागेको हो। समाचारमा जनाइए अनुसार बिग बास्केट पछि यो टाटा डिजिटलको डिजिटल अर्थव्यवस्थामा दोस्रो महत्त्वपूर्ण स्टार्टअप अधिग्रहण हो।

१ एमजीको कुल लगानी रकम १० देखि १२ करोड डलर रहेको बताइएको छ। टाटाले लगानी गर्ने हुँदा कम्पनीको कुल मूल्याङ्कन ४५ करोड डलर गरिएको हो।टाटा डिजिटलले यस कम्पनीमा गरेको लगानीबापत ५१ देखि ६० प्रतिशत स्वामित्व पाउनेछ ।

उता एसिया कै सर्वाधिक धनी समेत रहेका मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रीजले  हालसालै अनलाइन फार्मेसी सेगमेन्टमा फोर्‍यायो र नेटमेड्स खरिद गरेको छ। 

यससँगै भारतमा स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट हुने व्यापारमा ठुला व्यापारिक घरानाले प्रतिस्पर्धी र आक्रामक लगानी सुरु गरेको देखिएको छ। 

टाटा डिजिटलले यस हप्ताको सुरुमा फिटनेस स्टार्टअप क्युरफिट हेल्थ केयरमा ७५ मिलियन डलर अर्थात् करिब ५५० करोड भारु लगानी गर्ने घोषणा गर्‍यो। यस सम्झौता अन्तर्गत क्युरफिटका सह-संस्थापक मुकेश बन्सालले टाटा डिजिटलको अध्यक्षको जिम्मेवारी लिनेछन्। टाटा समूहले ई-कमर्स क्षेत्रमा एक मजबूत प्रवेश गर्न सुपर एप्लिकेसन पेस गर्ने योजना बनाइरहेको छ। 

 इ-कमर्स सेगमेन्टमा टाटा ग्रुपले फ्लिपकार्ट, अमेजन र रिलायन्स रिटेल जस्ता बलिया प्रतिस्पर्धीको सामना गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस