एजेन्सी । कोरोना महामारी सुरु हुने बित्तिकै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक दोहोर्याए– हाइड्रोक्सिक्लोरीक्वाइन कोरोनाको औषधी हो, डराउनु पर्दैन । त्यसैले निको पार्छ ।
तर, उनको त्यो भनाइलाई मजाक बनाइयो । उनलाई डाक्टर ट्रम्प भनेर कार्टुनहरू बने । नचाहिएका कुरा गरेको भनेर धेरै टीकाटिप्पणी भए । अहिले भने एक अनुसन्धानले ट्रम्प सोह्र्रैआना सही थिए भन्ने निष्कर्ष निकालेको छ ।
सो अध्ययन अनुसार मानिसको शरीरको तौलसँग मिलाएर हाइड्रोक्सिक्लोरीक्वाइन र एजिन्थ्रोमाइसिनको प्रयोग गर्दा कोभिड १९ का कारण भेन्टिलेटरमा पुगेका मानिसहरू पुराकापुरा निको भएको देखिएको छ । अमेरिकामा कोरोना महामारी सुरु भए लगतै दुई महिनाको अवधिमा भेन्टिलेटरमा पुगेका २२५ जना बिरामीहरूमाथि केन्द्रित रहेर सो अध्ययन गरिएको थियो । जसमा अनुसन्धानकर्ताहरुले हाइड्रोक्सिक्लोरीक्वाइन र एजिन्थ्रोमाइसिनको मात्रा उनीहरूको शरीरको तौलसँग मिलाएर दिएका थिए ।
त्यो औषधी त्यस्ता मानिसहरूमा प्रयोग गरिएको थियो जसको मृत्यु हुने प्रबल सम्भावना रहेको थियो । तर, यी औषधीहरूको प्रयोगबाट उनीहरूको मृत्यु हुने खतरा तीन गुणासम्म कम भएको थियो ।
तर, उनीहरूले के कुरा स्वीकार गरेका छन् भने हाइड्रोक्सिक्लोरीक्वाइनको कारण मात्रै उनीहरूको स्वास्थ्यमा ठुलो सुधार नआएको हुनसक्छ । तथापि, सो अनुसन्धानको निष्कर्षमा हाइड्रोक्सिक्लोरीक्वाइनले नै गम्भीर अवस्थामा पुगेका बिरामीहरूको सम्भावनालाई २०० प्रतिशत कम गरेको हो ।
हाइड्रोक्सिक्लोरीक्वाइन मलेरियामा प्रयोग गरिने औषधि हो । यसले दुखाई कम गर्ने पनि काम गर्छ । यो औषधि सुरुमा अमेरिकाको खाद्य तथा औषधि विभाग एफडीएले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको थियो । तर, सन् २०२० जुन १५ तारिकमा एकाएक यसको प्रयोग अनुमति खारेज गरिएको थियो ।
अहिले सुरुका दिनमा हाइड्रोक्सिक्लोरीक्वाइनको प्रयोगलाई अति राजनीतिकरण गरिएको र तत्कालीन राष्ट्रपति ट्रम्पलाई खिल्ली उडाउँदै गिज्याउनु कार्य गलत थियो भन्ने पुष्टि भएको अध्ययनले छ ।
प्रतिक्रिया दिनुहोस