
एजेन्सी। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार बिहान घोषणा गर्यो - जून १८ मा यसका सल्लाहकारहरूको एक "आपतकालीन बैठक" बोलाइएको छ जसमा एमआरएनए प्रविधिमा आधारित फाइजर र मोर्डेनाको कोरोना विरुद्धको खोप लगाएका मानिसहरूको मुटुमा देखिएको दुखाई र त्यसको कारण मुटु सुन्निएको दुर्लभ तर अपेक्षित भन्दा धेरै घटनाहरू भएको विषयमा छलफल हुनेछ।
मायोकार्डाइटिस र पेरिकार्डिटिसको समस्या खोप लगाएका मानिसमा देखिएपछि यस्ता नयाँ विवरणहरू पहिलो पटक खाद्य र औषधि प्रशासनको बैठकमा राखिएको थियो। स्वतन्त्र सल्लाहकारहरूको सो प्यानलमा यो रिपोर्ट बिहीबार त्यो बेला प्रस्तुत गरिएको थियो जुन बेला उनीहरू नियामकले कसरी साना बच्चाहरूमा कोभिड १९ भ्याक्सिन प्रयोग गर्न आपतकालीन प्रयोग अनुमति दिने भनेर छलफल गर्न भेला भएका छन्।
सीबीएसले आफ्नो रिपोर्टमा लेखेको छ-सीडीसीले यस अघि नै खुलासा गरिसकेको थियो कि खोप लगाएका प्रायः युवा र किशोर केटाहरूमा मुटु सुन्निएको पाइएको छ। उनीहरूले दोस्रो डोज खोप लगाएपछि १६ देखि २४ वर्षका मानिसमा यस्तो अपेक्षित भन्दा बढी घटनाहरू देखिएको हो। यसैले गत महिना नै सीडीसीले खोप प्रदायकहरूलाई पहिले मानिसलाई उनीहरूमा मुटुको दुख्ने लक्षण भए नभएको सोध्न आग्रह गरेको थियो।
अहिले अमेरिकामा के अनौठो मानिँदै छ भने ८ सय भन्दा बढी यस्ता खोपको प्रतिकुल प्रभाव देखिएका घटना सार्वजनिक हुँदा समेत त्यहाँ खोप अभियान तीव्र गतिमा चलिरहेको छ। त्यस माथि यस्ता गम्भीर विषयमा बस्ने आपतकालिन बैठक समेत एक हप्ता पछिको लागि बोलाइनु झन् अचम्म लाग्दो मानिएको छ। यसबिच त्यहाँका स्वास्थ्य अधिकारीहरू भने हरेक अभिभावकलाई आफ्ना बच्चालाई खोप लगाउन प्रोत्साहित गरिरहेका छन्।
एपोच टाइम्सका जचारी स्टिबरले लेखे अनुसार त्यहाँका सङ्घीय अधिकारीहरूले कोभिड १९ विरुद्धको खोप लिने ८ सय जना भन्दा धेरै व्यक्तिले मुटु दुखेको गुनासो गरेको रिपोर्ट प्राप्त गरिसकेका छन्। यस्तो कुरा त्यहाँका एक स्वास्थ्य अधिकारीले बिहीबार स्टिबरलाई बताएका हुन्।
मायोकार्डिटिस वा पेरिकार्डिटिसका रिपोर्टहरू खोप प्रतिरोधी घटना रिपोर्टिङ प्रणालीमा पेस गरिएको थियो। रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले संयुक्त रूपमा सञ्चालन गरेको यो एक निष्क्रिय रिपोर्टिङ प्रणाली मे ३१ देखि सञ्चालनमा छ। यो खासै सक्रिय नहुँदा समेत यो स्तरमा यस्ता घटनाहरू रिपोटिंग हुनुलाई सामान्य मानिएको छैन।
सीडीसीले गत महिना नै घोषणा गरेको थियो कि उनीहरू किशोर र युवाहरूमा कोभिड-१९ भ्याक्सिन लगाएपछि देखिएको मुटु दुख्ने र सुन्निने गरेको भन्ने सम्बन्धमा अनुसन्धान गर्दै छन्। यद्यपि यसले कुनै निश्चित कारबाही गरेको भने देखिएको छैन।
खोपको प्रभावबारे हेर्ने एजेन्सीलाई परामर्श दिने खोप प्रक्रियासम्बन्धी सल्लाहकार समितिले मे २४ तारिखमा सार्वजनिक गरेको र जून १ मा प्रकाशित गरेको एक छोटो अपडेटमा भनिएको छ कि रिपोर्टिङ प्रणालीबाट प्राप्त तथ्याङ्कले देखाए अनुसार एमआरएनए खोपको दोस्रो डोज पछिको ३० दिनमा त्यहाँ १६ देखि २४ वर्षका युवाहरूमा मायोकार्डिटिस / पेरिकार्डाइटिस घटनाहरू अपेक्षा गरेको तुलनामा धेरै देखिएको थियो।
उता इजरायलको स्वास्थ्य मन्त्रालयले सोही दिन उक्त डिसेम्बर २०२० र मे बिचमा खोप लिने मध्ये २७५ जना भन्दा बढी मानिसमा मुटुको समस्या देखिएको घटना फेला पारेको छ। इजरायली अध्ययनले फाइजर खोपको दोस्रो डोज लगाएका १६ देखि ३० वर्ष उमेरका पुरुषहरूमा मायोकार्डिटिस देखा पर्ने गरेको देखाएको छ।
अमेरिकाको जर्नल अफ पेडियाट्रिक्समा यही महिना प्रकाशित रिपोर्ट अनुसार फाइजरको खोप लगाएपछि सात किशोर किशोरीहरूमा मायोकार्डिटिस परीक्षण गर्दा समस्या देखिएको थियो। यी सात जनाले दोस्रो डोज लगाएको ४ दिनमा नै समस्या देखिएको थियो। उनीहरूमा त्यसभन्दा पहिले कोभिड-१९ सङ्क्रमण समेत भएको थिएन। १४ देखि १९ वर्षका ती सातै जना पुरुषहरूलाई अस्पताल भर्ना गर्नु परेको थियो।
प्रतिक्रिया दिनुहोस