
एजेन्सी । भारतीय रिजर्व बैंक (आरबीआई) ले एटीएम कारोबार सम्बन्धी नियमहरु परिवर्तन गरेको छ । आरबीआईले बैंकहरूलाई वित्तीय–गैर–वित्तीय एटीएम कारोबार शुल्क बढाउन अनुमति दिएको छ । आरबीआईले एक विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो ।
नगद निकाल्दा लाग्न शुल्क बढाउन आरबीआईले अनुमति दिएको छ । बैंकहरूले हाल ग्राहकबाट प्रति लेनदेन २० रुपैयाँ लिन्छन । यसले करहरू समावेश छैन । आरबीआईका अनुसार अन्तर बैंक कारोबार शुल्क उच्च भएका कारण बैंकहरूले निःशुल्क कारोबारपछि लागत भुक्तानी गर्न उपभोक्तालाई चार्ज शुल्क बढाउन सक्नेछन ।
आरबीआईका अनुसार, निःशुल्क लेनदेनपछि, बैंकहरूले आफ्ना ग्राहकहरुबाट प्रति ट्रान्जेसन २० को सट्टा २१ रुपैयाँ लिन सक्नेछन् । यो नियम जनवरी १, २०२२ देखि लागू हुनेछ । एटीएमबाट नगद फिर्ता लिने शुल्क लगभग ७ बर्ष पछि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस