aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

बैज्ञानिकहरुले ब्युँताए २४ हजार वर्ष पुरानो जीव !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ जेठ २०७८
बैज्ञानिकहरुले ब्युँताए २४ हजार वर्ष पुरानो जीव !

एजेन्सी। रुसी वैज्ञानिकहरूले यही हप्ता एउटा नयाँ अनुसन्धान रिपोर्ट प्रकाशित गरेका छन् जसले बडेलोइड रोटिफर भन्ने सानो जीवलाई दसौँ हजारौँ वर्षसम्म हिउँमा जमाएर फेरी पुनर्जीवित गर्न सकिन्छ भन्ने देखाउँछ।

गएको सोमबार "२४ हजार वर्ष पुरानो आर्कटिक पर्माफ्रोस्टबाट जीवित बडेलोइड रोटिफर" शीर्षकको शोधपत्र सेल डटकमको "वर्तमान जीवविज्ञान" खण्डमा प्रकाशित गरिएको थियो। जसमा बडेलोइड रोटिफर नामक बहुकोषीय जीवलाई हजारौँ वर्षसम्म जमाएर स्थिर गरियो भनेपनि पुनः जीवित गर्न सकिएको कुरा लेखिएको छ।

उक्त अध्ययनका सह-लेखकहरू मध्येका रसियाको माइल क्रियोलोजी प्रयोगशालाका स्ट्यास मालाभिनले न्यु योर्क टाइम्सलाई भनेका छन्,“ हामीले ऊली  मैमथहरू जस्तै देखिने जनावरलाई पुनरुत्थान गरेका छौँ।"

यो  सूक्ष्मदर्शी, बहु-कोषीय जीवले विकिरण, चरम अम्लता, कम अक्सिजन, जलबिनियोजन र वर्षौँसम्म भोकमरीको सामना गर्न सक्छ। "तिनीहरू कुनै पनि प्रकारको यातनाको लागि संसारको सबैभन्दा प्रतिरोधक जनावरहरू हुन्," हार्वर्ड विश्वविद्यालयका आणविक जीव वैज्ञानिक म्याथ्यू मेसलसनले एनवाईटीलाई भने।

सोमबार यो सोध पत्र सार्वजनिक हुनु अघिसम्म अन्वेषकहरूले विश्वास गरेका थिए कि बडेलोइड रोटिफर एक दशकसम्म मात्र गहिरो गरी स्थिर जोगाउन सक्छ। तर, रेडियो कार्बन डेटिङ बाट गरिएको अनुसन्धानकर्ताले यो गँड्यौला जस्तो जीव २४ हजार वर्ष पुरानो भएको प्रमाणित गर्‍यो।

एक पटक ब्युँतिएपछि यो जीवले खान सक्छ। यसले आफूजस्तै जीव पुनरुत्पादन पनि गर्न सक्छ किनकि यसलाई प्रजननको लागि अर्को पार्टनर चाहिँदैन। "हामीलाई यकिन भइसकेको छ कि यसले हजारौँ वर्षको क्रिप्टोबायोसिसको सामना गर्न सक्छ," मलाभिनले भने।

वैज्ञानिकहरू आफैँ छक्क परेका छन् कि कसरी बडेलोइड रोटिफर्सले तिनीहरूका कोषहरू र अङ्गहरूलाई गहिरो स्थिर अवस्थामा बचाउन सक्यो। अनि आफैँ  सड्ने यसको डिएनएलाई कसरी सुरक्षित राख्यो ?  

यो खोजले एक दिन वैज्ञानिकहरूलाई नयाँ प्रविधिहरू पत्ता लगाउन मद्दत पुर्‍याउँछ। जसले सम्पूर्ण शरीरको क्रायोप्रीजर्भेसनका लागि सयौँ हजारौँ डलर खर्च गरिरहेका व्यक्तिहरूलाई भविष्यमा पुनर्जीवन दिन मद्दत पुग्ने छ।

प्रतिक्रिया दिनुहोस