aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मनसुन मितिभन्दा दुई दिनअघिदेखि शुरु, अर्को हप्ता भिषण वर्षा हुने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २९ जेठ २०७८
मनसुन मितिभन्दा दुई दिनअघिदेखि शुरु, अर्को हप्ता भिषण वर्षा हुने

काठमाडौं । नेपालमा शुक्रबारदेखि यस वर्षको मनसुन (वर्षा याम) शुरु भएको छ । यसअघि अनुमान गरिएको मनसुन भित्रिने मितिभन्दा दुई दिनअघि यस वर्षको मनसुन भित्रिएको हो । 

नेपालको पूर्वी भागबाट भित्रिएको मनसुन यतिबेला मध्य क्षेत्रसम्म फैलिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकास भएको न्यून चापीय क्षेत्रका कारण नेपालमा मनसुन भित्रिएको हो । यस वर्ष प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा एकै पटक वर्षा हुन थालेको छ । 

न्यून चापीय क्षेत्र फैलिने क्रममा रहेकाले अर्को सातासम्ममा नेपालको सम्पूर्ण क्षेत्रमा पुग्ने र त्यसपछि अधिकांश भू–भागमा केही दिन अविरल वर्षा हुने महाशाखाको अनुमान छ । आगामी साता मनसुन अझ सक्रिय भएर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस