
बेइजिङ । चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेशी खोपको व्यवस्था चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूले लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड–१९ भाइरसविरूद्ध चिनियाँ खोप लगाएको जनाइएको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको उनको दावी छ । प्रवक्ता वाङका अनुसार मार्च ७ तारिख चिनियाँ राज्य परिषद्का सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले उक्त चिनियाँ खोप परियोजनाबार सार्वजनिक गरेका थिए ।
यस बाहेक चीन सरकारले चीनमा बसेका विदेशीहरूको स्वास्थ्यलाई उच्च ध्यान दिएर उमेरमापदण्ड पूरा गरेका विदेशीहरूलाई चिनियाँ खोप लगाउने योजना बनाएको छ भने हालसम्म चीनमा रहेका दुई लाख भन्दा बढी विदेशीहरूले चिनियाँ खोप लगाएका छन् । सिन्ह्वा
प्रतिक्रिया दिनुहोस