aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

गण्डकीमा नेपाली काग्रेसको सरकार, पोखरेल बने नयाँ मुख्यमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ जेठ २०७८
गण्डकीमा नेपाली काग्रेसको सरकार, पोखरेल बने नयाँ मुख्यमन्त्री

काठमाडौं ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । पोखरेल नवलपरासी “क” बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् ।

गण्डकी प्रदेशमा ६ मन्त्रालय रहेका छन् । राष्टिय जनमोर्चाले मन्त्रीपरिषदमा भाग नलिने भएपछि मन्त्रालयको भागबण्डामा कांग्रेस सहित माओवादी र जनता समाजवादी पार्टी छन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । उनको दावीमा सरकार गठनको स्पष्ट बहुमत देखिएकाले प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस