
एजेन्सी । अस्ट्रेलियाको मेलबोर्न शहरमा १४ दिने लकडाउन समाप्त भएको छ । लकडाउन समाप्त भएपनि मास्क अनिवार्य, लकडाउन अवधिमा २५ किलोमिटर मात्र यात्रा गर्न पाउने नियम बनाएको छ । लकडाउन अवधीमा स्थानीयलाई यात्राको निम्ति १० किलोमिटरको सीमा लगाइएको थियो । लकडाउन अन्त्यपछि उक्त सीमालाई बढाएर २५ किलोमिटर बनाइएको छ । नागरिकलाई काममा जान, विद्यालय तथा विश्वविद्यालय जान र खोप लगाउने प्रयोजनको लागि मात्र २५ किलोमिटरको सीमा राखिएको हो ।
लकडाउन अन्त्य भएपनि अस्ट्रेलियालीहरुले घरमा आगन्तुक बोलाउन पाउने छैनन् । तर, सार्वजनिक स्थानमा १० जनासम्मको जमघट गर्न अनुमति दिइएको छ । मास्क अझै घरको भित्र अनिवार्य हुनेछ तर १.५ मिटरको दूरीमा पुग्न सक्ने ठाउँ भएको बाहिर अब लगाउन आवश्यक पर्दैन।
खुद्रा व्यापारहरूले केही केहि प्रतिबन्धको साथ संचालन गर्न सकिन्छ । कार्यालयहरू २५ प्रतिशत क्षमतामा खोल्न पाइन्छ । मलामी जानका लागि ५० जना जान पाइने भने विभिन्न पूजा समारोहमा ५० जनासम्म सहभागी गराउन पाइने छ । विवाह समारोहहरू १० व्यक्तिमात्र सहभागी गराउन सकिने छ ।
प्रतिक्रिया दिनुहोस