aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

धादिङमा टिपरको ठक्करबाट कार चालकको मृत्यु, प्रहरी भन्छ कार चालकको गल्ति

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, ३० जेठ २०७८
धादिङमा टिपरको ठक्करबाट कार चालकको मृत्यु, प्रहरी भन्छ कार चालकको गल्ति

धादिङ । धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो । ठक्कर पछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घटनास्थलमै ज्यान गयो । 

आफन्तका अनुसार टिपरले गलत लेन दायाँतर्फ ओभरटेक गरेर कारलाई ठक्कर दिएको थियो । तर घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।  

टिपरको ठक्करले चालक बस्ने सिट र ढोकातर्फको पुरै भाग छियाछिया भएको छ । मृतकका दाइ किशोर अधिकारीका अनुसार टिपरचालक, टिपरधनी र यातायात व्यवसायी धादिङकै भएकाले प्रहरीसँगै मिलेमतो गरी मुचुल्का बनाएका छन् । 

जसले पीडित पक्षले क्षतिपूर्ति तथा न्याय पाउन सकेका छैनन् । ‘म पनि गाडी चलाउँछु तर प्रहरीले गलत मुचुल्का बनाएको छ,’ उनले भने, ‘घटनास्थल हामीले पनि अवलोकन गरेका छौं, प्रहरीले गलत मुचुल्का उठाएको छ ।’

प्रतिक्रिया दिनुहोस