aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भारतीय सेनाको सुचना अब गोप्य नरहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
भारतीय सेनाको सुचना अब गोप्य नरहने

काठमाडौं । भारत सरकारले आफ्नो देशको सेनासँग सम्बन्धित ठुलो निर्णय गरेको छ। भारतको रक्षा मन्त्रालयले हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरे सँगै धेरै कुरा सार्वजनिक हुने भएको हो।

सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने भारतीय रक्षा मन्त्रालयले घोषणा गरेको हो ।

भारतका रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक गर्ने नीतिलाई मन्जुरी दिएका हुन्। भारतको रक्षा मन्त्रालयले शनिबार ट्वीटरमार्फत् यस्तो जानकारी दिएको हो। 

यस्तो निर्णयबाट युद्धसम्बन्धी इतिहास समय-समयमा प्रकाशित भएमा मानिसहरुले घटनाको सही जानकारी पाउने, शैक्षिक सोधका लागि प्रामाणिक सामग्री उपलब्ध हुने र गलत अफवाहबाट जोगिन मद्दत पुग्ने रक्षा मन्त्रालयले विश्वास गरेको छ । अब यस्ता जानकारीहरु प्रकाशनको मन्जुरी र जिम्मेवारी इतिहास विभागलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस