
काठमाडौं । भोलि जेठ ३१ गते उपत्यकामा थपिएको १० दिनको लकडाउनको समय सकिदै छ । भोलिदेखि अर्को एक हप्ता साविकै अवस्थालाई यथावत राखेर लकडाउन थप्ने तयारी भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमकुमार भट्टराईले आर्थिकन्युज डटकमलाई बताए ।
आज ३ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । कोरोना संक्रमणको दर घटे पनि जोखिम घटिनसकेको भन्दै एक साता निषेधाज्ञा थप्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको तयारी छ । तर, निषेधाज्ञाका सामान्य प्रावधानहरु भने केहि खुकुलो बनाउन सक्ने सम्भावना रहेको उनले बताए ।
गृहमन्त्री खगराज अधिकारीले केही दिनअघि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै विकास निर्माणका गतिविधिलाई अघि बढाउन सहजीकरण गर्न निर्देशन दिइसकेका छन् । शुत्रबार गृहमन्त्रालयले आर्थिक गतिविधि सञ्चालन गर्न मिल्ने गरि लकडाउन खुकुलो बनाउने निर्देशन दिएपनि स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले भने अझै कोरोना भाइरसको संक्रमण मलिन नभइसकेकाले अझै लकडाउनका नियमहरु धेरै परिवतर्न नगर्न आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस