
एजेन्सी । भारत सरकार कोरोनाको दोस्रो लहरसँग लडिरहेको छ । त्यहीका कतिपय चिकित्सकहरूले गलत सूचना दिएर जनतालाई भ्रममा राखेको भन्ने आरोप समेत लागिरहेको छ ।
भारतीय बार एसोसिएसनले कारबाहीका विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक डा. सोम्य स्वामीनाथलाई कानुनी पत्र समेत लेख्दै त्यस प्रकारका गतिविधि नगर्न चेतावनी दिएको छ ।
यसरी एकातिर चिकित्सकहरूले गलत सूचना दिएको र आम नागरिकमा भ्रम फैलाएको आरोप लागिरहँदा उता उत्तर प्रदेश राज्यमा भने त्यहाँका सरकारी अधिकारीहरूले ‘कोरोना माता’को मन्दिर भत्काइदिएका छन् ।
कोरोना महामारीले पुरु देश आक्रान्त बनेर त्यस विरुद्ध सबै प्रकारको युद्ध नाका बनेपछि उत्तर प्रदेशको प्रतावगढ सहर नजिकैको गाउँमा कोरोना निको पार्न मानिसहरू कोरोना माताको शरणमा पुग्ने गरेका थिए ।
गाउँका मानिसहरू मिलेर कोरोना माता रिसाएकै कारण यस्तो महामारी फैलिएको र कोरोनालाई निको पार्न उनकै शरणमा पुग्नुपर्ने विश्वासका साथ कोरोना माताको मन्दिर बनाएका थिए ।
समाचारहरूमा उल्लेख भए अनुसार कोरोना माताको मन्दिरमा बनाइएको मूर्तिको पनि मुखमा मास्क लगाइएको छ । पहेँलो पृष्ठभूमि राखेर बनाइएको सो मन्दिरमा पहेँलो रंगको फल, फूल, कपडा, धातु, मिठाई, घण्ट लगायत केबल पहेँलो रङका वस्तु मात्रै चढाउन त्यहाँ सूचना समेत लेखिएको छ ।
कोरोना माताको दर्शन भन्दा अगाडी हात धुन तथा मास्क लगाउन सोही मन्दिरमा अनुरोध पूर्ण सूचना पनि मूर्तिमा माथिल्लो भागमा लेखिएको छ ।
यसरी स्थानीय मानिसहरूले बनाएको विश्वको एक मात्र कोरोना माताको मन्दिर छुन भने वर्जित गरिएको थियो । तर पनि स्थानीय प्रशासनले यस्तो मन्दिरले मानिसहरूमा अन्ध विश्वास बढाउने भन्दै सो मन्दिर भत्काइदिएका हुन् ।
प्रतिक्रिया दिनुहोस