aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ज्याला १.८९ प्रतिशतले बढ्दा खाने तेलमा २८.२० प्रतिशतको मूल्यवृद्धि, थोक बजार समेत अत्यधिक महँगियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ जेठ २०७८
ज्याला १.८९ प्रतिशतले बढ्दा खाने तेलमा २८.२० प्रतिशतको मूल्यवृद्धि, थोक बजार समेत अत्यधिक महँगियो

काठमाडौं । अघिल्लो महिना अर्थात् २०७८  वैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढ्दा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति भने ३.६५ प्रतिशत रहेको देखिएको छ । 

अघिल्लो वर्षको सोही महिनामा तलब तथा ज्याला दर सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो । त्यो बेला मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको समीक्षा रिपोर्ट सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१  प्रतिशत रहेको छ । २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यू तथा तेल, मासु तथा माछा, गैर–मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.२० प्रतिशत, १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत रहेको छ । 

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ वैशाखमा यी क्षेत्रहरूमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीति तर्फ हेर्ने हो भने २०७८ वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ । 

तलब तथा ज्याला दर सूचकाङ्क बारे रिपोर्टमा लेखिएको छ - २०७८ वैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्याला दर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्याला दर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस