
काठमाडौं । २०२१ सालमा तत्कालीन राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरिदिएको रत्न पार्क हाल नाम फेरेर शंखधर उद्यान (पार्क)को दैनिक आम्दानी ३० देखि ४० हजार रुपैयाँसम्म हुने गरेको छ ।
२०७१ मंसिरमा सम्पन्न सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो । झन्डै १५ महिना बन्द भएपछि खोलिएको रत्नपार्कको नामै अहिले बदलिएको छ– शंखधर उद्यान (पार्क) । करिब ४२ रोपनी जग्गाभित्र फैलिएको यो पार्कको भित्री स्वरुप पनि बदलिएको छ ।
यवस्थित भएपछि अहिले राजधानीको पूरानो रत्नपार्क दैनिक औसत ३० देखि ४० हजार रुपैयाँसम्म शुल्क उठाउदै आएको छ ।
वि.स. २०७२ असार १५ बाट रत्नपार्क भित्र जादाँ शुल्क तिरेर जाने व्यवस्था गरेको हो । विकृति र विसंगतिलाई न्युनीकरण गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले सो शुल्क लगाएको शंखधर उद्यान तथा रानीपोखरी एकाई कार्यालय प्रमुख हरिशरण के.सी ले बताए ।
चालु आर्थिक बर्ष जेठसम्म शंखधर उद्यान तथा रानीपोखरी एकाईको तथ्याकं अनुसार १ करोड ५ लाख ५६ हजार ४ सय ९ रुपैयाँ बराबरको शुल्क उठाएको छ । त्यसमा साधारण टिकटबाट ८२ लाख ४१ हजार ९ सय २५ रुपैयाँ, विद्यार्थी टिकटबाट १६ लाख १७ हजार ८ सय ७० रुपैयाँ, विदेशी टिकटबाट २ लाख ३६ हजार एकसय ७५ रुपैयाँ र एसियन टिकटबाट १ लाख ७ हजार दुईसय रुपैयाँ उठाएको जानकारी दिए ।
यस उद्यानले भित्र प्रवेश गरेको शुल्क वाहेक विदेशी चलचित्र सुटिङ, नेपाली ठुलो पर्दा चलचित्र सुटिङ, नेपाली टेली चलचित्र सुटिङ, दोहोरी गीत, म्युजिक भिडियो, र व्यावसायिक फोटो सेसनबाट पनि शुल्क उठाउने गरेको बताए ।
यो चालु आव को जेठ महिना भित्र ४ लाख ४२ हजार ८ सय ३३ जना व्यत्तिले पार्क भित्र प्रवेश गरेका छन् । त्यसमा सबै भन्दा बढी साधारण टिकट काटेर जाने छन् भने सबै भन्दा कमे एसियन टिकट काटेर प्रवेश गरेका छन् । यसमा पनि शुल्क नतिरी जानेमा जेष्ठ नागरिक र अपाङ्गको संख्या लगभग १८ सय जति रहेको छ ।
शंखधर उद्यान तथा रानीपोखरी एकाई कार्यालय प्रमुख के.सी ले भने अझै उद्यानको कार्य भइरहेको छ भौतिक संरचना देखि लिएर अन्य व्यवस्थापनको कुरा पनि अगाडी बढाइरहेको समेत जानकारी दिए ।
” उनले त्यसैमा थप्दै भने अहिले पार्क भित्र सानो पोखरी, रक गार्डेन, पिङ, चिप्लेटी र स–साना विश्राम स्थल फेरिएका छन् । नाम फेरिए पनि अझै सबैको मुखमा रत्नपार्क नै आउछ । माइक्रो र बसका सहयोगीले न त रत्नपार्क,रत्नपार्क भन्न छाडेका नै छन् । पहिलेको अव्यवस्थित पार्क अहिले केही हदसम्म व्यवस्थित भएको भने उनको दाबी छ ।
डिजिटल प्रविधि र संचारको युगलाई मध्य नजर गरेर पार्क भित्र वि.स.२०७२ चैत्र ५ गते देखि वाइफाइको समेत सुविधा दिएको रत्नपार्क परिसरले जानकारी दिए । सो पार्कको वाइफाइको पासवर्ड भने दैनिक परिर्वतन गरिने समेत जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस