aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

गौतम अडाणीलाई ठुलो झड्का, एक घण्टामै ५० हजार करोड गुम्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
गौतम अडाणीलाई ठुलो झड्का, एक घण्टामै ५० हजार करोड गुम्यो

एजेन्सी । भारतीय धनाढ्य गौतम अडाणीको कम्पनीका लागि सोमबारको दिन शुभ रहेन । मुकेश अम्बानीलाई जितेर एसियाकै धनी हुने दौडमा अघि बढी रहेका अडाणीका लागि यो ठुलो झड्का हो । 

अडाणी ग्रुपका शेयर बजारमा सूचीकृत ६ वटा कम्पनीहरूको सोमबार पाँच देखि २२ प्रतिशतसम्म मूल्यमा गिरावट आयो । जसका कारण उनलाई सोमबार कारोबार सुरु भएको एक घण्टामा नै ५० हजार करोड नोक्सान भएको हो । 

अडाणी इन्टरप्राइजेजको शेयरमूल्य २२ प्रतिशतले घट्दा शुक्रवार १६०० भारुमा कारोबार भएकोमा सोमबार १२०० मा झर्‍यो । 

उनको कम्पनीमा हुन लागेको प्रत्यक्ष वैदेशिक लगानी गर्ने तीन वटा विदेशी फण्डहरु नेशनल सेक्युरिटी डिपोजिटरी लिमिटेड (एनएसडीएल)ले फ्रिज गरिदिएको हल्ला चलेपछि यसरी अडाणी ग्रुपका शेयरमा पहिरो गएको थियो । 

तर, मध्यान्ह पछि अडाणी ग्रुपले विज्ञप्ति नै जारी गर्दै यस्तो कुनै घटना नभएको र सबै आधार हीन हल्ला मात्रै रहेको जनाएपछि भने अडाणीका कम्पनीको शेयरमूल्यमा थमौती आएको हो । 

उल्लेखित तीन वटा वैदेशिक लगानीका रूपमा अडाणी ग्रुपले ४३ हजार ५ सय करोड भित्र्याउन लागिरहेको छ । तर, यस्तो लगानी गर्ने पैसा कसको हो र त्यसको श्रोत के हो भन्नेबारे प्रश्न उठेका कारण एनएसडीएलले तिनीहरूको डिम्याट अकाउन्ट फ्रिज गरिदिएको चर्चा सोमबार बजार खुल्नु अघि नै फैलिएको थियो । 

 

 

 

प्रतिक्रिया दिनुहोस