
भारत । कोरोना भाइरस विरुद्ध लगाइएको खोपका कारण भारतमा पहिलो पटक मृत्युको घटना सार्वजनिक भएको छ । त्यहाँ एक ६८ वर्षका वृद्धको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
भारत सरकारले गठन गरेको विशेषज्ञ टोलीको रिपोर्टलाई उद्धृत गर्दै इन्डिया टुडेले यस्तो घटना सार्वजनिक गरेको हो । खोप लगाइसकेपछि हुने यस प्रकारको मृत्यु वा बिरामीलाई विज्ञानको भाषामा प्रतिरोधी क्षमता विरुद्धको उल्टो प्रभाव (एइएफआई) भन्ने गरिन्छ । जसको अध्ययन गर्न सरकारले गठन गरेको समितिले नै यो मृत्युको पुष्टि गरेको हो ।
समाचारहरूमा उल्लेख भए अनुसार खोप लगाएका मानिसहरू मध्ये ३१ जनाको मृत्यु भएकोमा त्यसको अध्ययन गर्दा यी ६८ वर्षीय वृद्धको खोपकै कारण मृत्यु भएको पुष्टि भएको हो ।
उनले आठ मार्चको दिन खोपको पहिलो डोज लगाएको थियो । त्यसको केही दिन पछि नै उनको मृत्यु भएको हो । सरकारी समितिका अध्यक्षले नै इन्डिया टुडेसंग उनको मृत्युको पुष्टि गरेका हुन् ।
उनका अनुसार थप ३ वटा मृत्युका घटना पनि खोपकै कारण भएको मानिँदै आएको छ । तर, त्यसको पुष्टि हुन बाँकी रहेको छ । सो कमिटीले गरेका ३१ वटा मृत्युका घटनामध्ये १८ वटामा खोपको कुनै सम्बन्ध नरहेको देखिएको समेत समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस