aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोभिसिल्ड खोप ६० वर्ष माथिकालाई नलगाउन सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
कोभिसिल्ड खोप ६० वर्ष माथिकालाई नलगाउन सिफारिस

काठमाडौं । कोरोना भाइरस विरुद्ध नेपालमा सबै भन्दा पहिले लगाइएको कोभिसिल्ड खोप निर्माता अक्सफोर्ड एस्ट्रोजेनिकाको खोपलाई युरोपमा आंशिक प्रतिबन्ध लगाइएको छ । 

युरोपियन मेडिसिन एजेन्सी (इएमए)को सुरक्षा समितिले एस्ट्रोजेनिकाको खोपका कारण मानिसहरूको रगत जम्ने र मुटु सुन्निने घटनामा तीव्रता देखिएपछि यो खोप ६० वर्ष भन्दा माथिका मानिसहरुलाई नलगाउन सिफारिस गरेको छ । 

नेपालमा कोरोना विरुद्धको युद्धमा अग्र पन्थीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारपछि ६० वर्ष माथिका वृद्धवृद्धालाई यो खोप लगाइएको थियो । ती ज्येष्ठ नागरिकहरूले यो खोपको दोस्रो डोज भने लगाउन पाएका छैनन् । 

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि कुनै माध्यमबाट यही खोप ल्याएर लगाउने हर सम्भव प्रयासमा सरकार लागिरहेका बेला युरोपबाट भने यस्तो समाचार बाहिर आएको हो । यससँगै अब खोपको दोस्रो डोजको प्रतीक्षामा रहेका ज्येष्ठ नागरिकहरूलाई एस्ट्रोजेनिकाद्धारा निर्मित खोप लगाउने कि नलगाउने भन्ने प्रश्न पनि उठ्ने देखिन्छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था रियटर्सका अनुसार आइतबारदेखि नै यस्तो खोप नलगाउनका लागि इएमएले मानिसहरूलाई सचेत गराएको हो । 

सो समितिले क्यापिलरी लिक सिम्ट्रम नामक रोग यो खोपको प्रतिकुल प्रभावका रूपमा देखा पर्न सक्ने नयाँ घटनाहरू भनिएको भन्दै यसलाई ज्येष्ठ नागरिकहरूमा लगाउन रोक लगाएको हो । 

स्मरण रहोस्, यसरी नै पनि एस्ट्रोजेनिकाको खोप लगाएका मानिसहरुकोमा रगत जम्ने अत्यन्तै दुर्लभ प्रकारको प्रतिकुल असरहरू देखा पर्ने गरेको समाचारहरू सार्वजनिक हुँदै आएका छन् । 

हालसम्म युरोपियन युनियन र बेलायत लगायतका देशहरूमा सात करोड ८० लाख डोज यो खोप मानिसहरूमा लगाइसकिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस