aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोड ९७ लाखको बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोड ९७ लाखको बजेट

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट ल्याएको छ ।  सरकारले मंगलबार प्रस्तुत गरेको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा ३६ अर्व ३५ करोड २५ लाख रुपैया बजेट रहेको थियो ।  । चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख, विकासतर्फ १८ अर्ब ६१ करोड २४ लाख र अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट विनियोजन भएको थियो । राष्ट्रिय योजना आयोगले प्रदेशको कुल गार्हस्थ्य उत्पादन दर चालु वर्षमा ३ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस