aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

गण्डकी प्रदेशले ४ अर्ब बजेट घटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
गण्डकी प्रदेशले ४ अर्ब बजेट घटायो

काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालू आवको भन्दा करिब ४ अर्ब कम हो । गण्डकीमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त नगरिएकाले मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै बजेट प्रस्तुत गरेका थिए । 

उनले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख  र वित्तिय व्यवस्थापन तर्फ २४ करोड बजेट विनियोजन गरिएका छन । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७र७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट ल्याएको  थियो। 

प्रतिक्रिया दिनुहोस